आइसीटि पब्लिक च्वाइस अवार्ड २०१९ किताब यात्रालाई - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

आइसीटि पब्लिक च्वाइस अवार्ड २०१९ किताब यात्रालाई



काठमाडौँ । ‘अव यात्रा गर्नेछ किताब तपाईंको दैलोसम्म’ भन्ने नारासहित घरघरमा किताब डेलिभरी तथा कर्पोरेट लाइब्रेरी स्थापनाका लागि चलेको स्टार्टअप कम्पनी किताब यात्राले ‘आइसीटि पब्लिक च्वाइस अवार्ड २०१९ ‘ अवार्ड पाएको छ ।

शुक्रबार काठमाडौँको होटल सोल्टीमा आयोजित एक कार्यक्रमकाबीच किताब यात्रालाई उक्त अवार्ड प्रदान गरिएको हो । अवार्ड लिभिङ विथ आइसीटि पत्रिकाले आयोजना गरेको हो ।   

किताब यात्राले पाठकले खोजेको किताब घरसम्मै पुर्याउने व्यवस्था गरिरहेको छ ।  प्रविधिको प्रयोग गरेर किताबका पाठकलाई दिएको योगदानअनुरुप किताब यात्रा पब्लिक च्वाइस विधामा मनोनयनमा ।  किताब यात्राले सबैभन्दा बढी भोट पाएर यो अवार्ड चुम्न सफल भएको हो ।