लगातार 'रेकर्ड' बनाउँदै कोहली, बने पहिलो कप्तान - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

लगातार ‘रेकर्ड’ बनाउँदै कोहली, बने पहिलो कप्तान



काठमाडौं- भारतीय क्रिकेट टीमले दोस्रो टी-ट्वान्टी म्याच ७ विकेटले जित्यो । उक्त म्याच कप्तान विराट कोहलीका लागि खास रह्यो । उनले ३४ रन बनाउँदै टोलीलाई जिताउन महत्त्वपूर्ण भूमिका खेले ।

यस क्रममा उनले सबैभन्दा बढी टी-ट्वान्टी अन्तर्राष्ट्रिय रन बनाउने मामिलामा रोहित शर्मा पछि पारेका छन् । साथै उनले कप्तानको रूपमा यस फर्म्याटमा एक हजार रन पनि पूरा गरे ।

विराटले कप्तानको रूपमा सबैभन्दा छिटो हजार रन पूरा गरेका छन् ।

कप्तानको रूपमा हजार रन बनाउने उनी छैटौं खेलाडी बने । यसअघि महेन्द्रसिंह धोनीले कप्तानको रूपमा हजार रन बनाइसकेका छन् ।

धोनीले ७२ खेलमा ३७.०६ को औसतमा १ हजार ११२ रन बनाएका छन् । कोहलीले भने ३२ खेलमा १ हजार ०६ रन बनाएका छन् ।

हजार रन पूरा गर्न विराटले ३० पारी लगाउँदा दक्षिण अफ्रिकाका फाफ डू प्लेसिसले ३१ पारी लगाएका छन् ।