कांग्रेसले बीपी कोईराला,समाजबाद र राष्ट्रिय मेलमिलापको नितिलाई भुल्दै - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कांग्रेसले बीपी कोईराला,समाजबाद र राष्ट्रिय मेलमिलापको नितिलाई भुल्दै



कर्ण बहादुर अधिकारी, मकाउ चीन।

जन नायक बीपी कोईरालाले बिक्रम संबत २००३ सालमा स्थापना गर्नु भएको नेपाली कांग्रेस पार्टी र उहाँको जीवनीलाई अध्ययन गर्दा देश र जनताका हितका लागि नै कांग्रेस पार्टी स्थापना गरीएको थियो भन्ने आभाष हुन्छ तर यसरी स्थापना भएको पार्टीले ७०औं बसन्त पार गर्नै लाग्दा ती हिजोका दिनहरूमा देश र जनता प्रति समर्पित हुँदै जीवनका स्वर्णीम कालखण्डहरूलाई पार्टीमा लीन गराउनु हुने नेतृत्व पंक्तिलाई आजका दिनहरूमा पार्टीलाई हाक्ने नेतृत्व पंक्तिबाट भुल्दै गई रहेको अबस्था छ।यसरी भुल्दै जानु भनेको पक्कै पनि राम्रो कुरा होईन।

नेपाली कांग्रेस पार्टीको बिक्रम संबत २००३ साल देखि ०७३ साल सम्मको इतिहासलाई अध्ययन गर्ने हो भने स्वर्गीय बीपी कोईराला प्रथम पटक नेपालको जन निर्वाचित प्रधानमन्त्री भए यता कांग्रेस पार्टीबाट धेरै जना प्रधानमन्त्री भए।ति मध्य कोहि स्वर्गीय भए भने कोहि अझै जीवित नै हुनु हुन्छ।जीवित रहनु भएकाहरूले ती बिगतका दिनहरूमा पार्टी प्रति समर्पित भई बीपी कोईरालाको अनुयायी बनेर अगाडी बढाएका ति दिनहरूलाई त भुल्नु भएन नी।नेपाली कांग्रेस पार्टी बि सं २०४६ सालको बहुदलीय ब्यवस्था लागु भए पछि जन्मिएको पार्टी होईन।नेपालको राजनिति कालखण्डहरूमा नेतृत्वदायी भूमिका निभाएको पार्टी हो।चाहे राणा शाशन अन्त्य गर्दा किन नहोस,चाहे पञ्चायति ब्यबस्था साथै बहुदलीय ब्यबस्था संगै राजतन्त्रको अन्त्य संगै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनाका लागि किन नहोस यी सबै आन्दोलनहरूमा नेतृत्व गरेको पार्टी हो नेपाली कांग्रेस।यस्तो गौरवशाली इतिहास बोकेको पार्टीको संस्थापक स्वर्गीय बीपी कोईरालालाई कांग्रेसले भुल्नु भनेको बीपीलाई नै न्याय नदिएको ठहर हुन्छ।

कांग्रेस पार्टीले न त बीपीको स्मृति दिवश नै राम्रोसंग मनायो न त जन्म जयन्ति नै मनाउला।सेप्टेम्बर ८ तारीकका दिन बीपीको १०२ औं जन्म जयन्ति आउँदै छ आशा गरौ यस बर्ष चाहि बीपीलाई स्मरण गर्दै बीपीका अनुयायी भन्नेहरूले जन्म जयन्ति मनाउलान तर जन्म जयन्ति मनाउदा बीपी कोईरालाको तस्विरमा फुल र अबिर चढाउदैमा समाजबादी कांग्रेसी चाहि पक्कै भईदैन समाजबादी कांग्रेस बन्नका लागि त बीपीले आजको २१औं शताब्दिका नेपाली जनताको स्थितिलाई पनि समेट्ने खाले समाजबादी र राष्ट्रिय मेलमिलापको नितिलाई आत्मसात गरी समाज र देशको बिकाश गर्न सकेको खण्डमा मात्र समाजबादी कांग्रेसी भईन्छ।हैन भने नौटङ्की गर्नु शिवाय अरू केहि होईन र केहि अर्थ पनि रहने छैन। बर्तमान समयमा बिकाश निर्माणका कार्य देखि लिएर नेपाली जनताको जीवन स्तर सम्मका कुराहरूलाई अवलोकन गर्ने हो भने नेपालमा धनी र गरीव,शहर र गाँउ बीच धर्ति आशमानको फरक छ।यसरी फरक हुनाले नेपाली जनताको जीवन स्तरमा निकै ठूलो उतर चढाब आउने गरेको छ।

यदि नेपालका राजनिति पार्टीहरूले बीपीको समाजबादलाई अनुशरण गरेर अगाडी बढेको भए पक्कै पनि यस्तो अबस्था सृजित हुने थिएन। माहामानव बीपी कोईरालाको माहान बाणीहरू आजको दिन सम्म पनि त्यति नै समय सान्दर्भिक छ।ती माहान बाणीमा ब्यक्त गरीएका कुराहरूले प्रत्येक नेपालीको मन छुन्छ।ती माहान बाणी मध्यका केहि अंशहरू “देशमा प्रजातन्त्र आए पछि मोटाघाटा,सुकिला मुकिला र चिल्ला गाडी चढ्नेहरूको पार्टी भित्र हाबी हुनेछ त्यसका बिरूद्धमा आम कार्यकर्ताले एकचोटी फेरी संघर्ष गर्नु पर्ने हुन्छ”।अर्को महान बाणी “तपाईले जहिले पनि बिकासको कार्य योजना बनाउदा त्यो झुपडीमा बस्ने किसानलाई सम्झिनु होस”।त्यस्तै “देशको बारेमा दुबिधा भएमा निर्णय लिनु पर्दा मातृभूमिको एक मुट्ठी माटो एउटा हातले समानुस र अर्को हात छात्तिमा राख्नुस एकाग्र भएर सोच्नु होस अनी मनमा जे आउछ त्यहि निर्णय गर्नु होस”।”ठूलो मान्छे बन्ने होईन असल मान्छे बन्नु”पर्छ।”मान्छे ब्रेडले होईन ब्रेन द्वारा चल्नु पर्छ”।

बीपीको २०१५ सालको समाजबादको नितिमा भनिएका कुराहरू अहिले ०७३ सालमा पनि त्यतिकै समय सान्दर्भिक छ किनकी अझै पनि लाखौ लाख नेपाली जनताको न त बस्ने बास,न त खाने कुरा, न त छोरा छोरीले नै शिक्षा दिक्षा पाएका छन त्यसैले गरीव जनताको हितका लागि स्थापना भएको पार्टी कांग्रेस भएकोले आजका कांग्रेस र कांग्रेसीले बीपीको समाजबाद र मेलमिलापको निति,गिरिजा बाबुको सहमति र सहकार्य,शुशिल कोईरालाको निष्ठा र दृढ शंकल्पको नितिलाई कहिले पनि नभुलिकन यसैलाई आत्मसात गरी अगाडी बढ्न सक्यो भने कांग्रेससंग प्रतिशप्रधा गर्ने पार्टी अरू कुनै हुने छैन तर केहि गरी भुल्दै गएको खण्डमा भने चाँहि नेपाली कांग्रेसले ठुला ठुला चुनौतीहरूको सामना गर्नु पर्ने पक्का छ।