लेडी गागाले संस्कृत श्लोक ट्वीट गरेपछि सामाजिक सञ्जालमा हङ्गामा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

लेडी गागाले संस्कृत श्लोक ट्वीट गरेपछि सामाजिक सञ्जालमा हङ्गामा



अमेरिका- विश्व चर्चित अमेरिकन गायिका तथा हलिउड अभिनेत्रीको एउटा ट्वीटले हङ्गामा मच्चाएको छ । त्यो अरु केहि नभएर संस्कृतको एय्ता श्लोक हो ।

लेडी गागाले संस्कृतमा ट्वीट गर्दै लेखेकी छन् ‘लोकाः समस्ताः सुखिनो भवन्तु,’ । उनले संस्कृतमा ट्वीट गरेपछि सामाजिक सञ्जालमा छाएकी छिन् ।

‘लोकाः समस्ताः सुखिनो भवन्तु,’

यसको अर्थ हुन्छ – संसारका सबै मान्छे सबै प्रकारले खुशी रहून् ।

उनको ट्वीटपछि यो श्लोक सामाजिक सञ्जालमा भाइरल भएको छ । स्टार गायिकाको ट्वीट पढेर पूर्वीय दर्शन मान्नेहरु पनि खुशी भएका छन् । नबुझ्नेले पनि यसको सन्देश बुझ्न खोजिरहेका छन् ।

ट्वीटलाई रिट्वीट गर्ने र प्रतिक्रिया जनाउनेको सङ्ख्या बढ्दो छ । लेडीको ट्वीटसँगै भारतीय र नेपाली फ्यान थप खुशी भएका छन् । किनभने संस्कृत भाषा पूर्वीय सभ्यताको जननी भाषा मानिन्छ ।