मनाङेलाई भेट्न पुगेका गणेश लामा पक्राउ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

मनाङेलाई भेट्न पुगेका गणेश लामा पक्राउ



पोखरा- गुण्डा नाइके भनेर चिनिएका गणेश लामा पक्राउ परेका छन् । विभिन्‍न आपराधिक क्रियाकलापमा संलग्‍न रहेकन उनलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

गण्डकी प्रदेशका प्रदेश सभामा विश्वासको मत लिने कार्यक्रम प्रभावित गर्ने खोजेको आशंकामा उनलाई पक्राउ गरिएको बताइएको छ । प्रदेश सभा सदस्य दीपक मनाङेलाई भेट्न पुगेका लामालाई लेकसाइडस्थित एक होटलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले सोधपुछको लागि याएको बताएको छ । उनलाई अहिले बैदाम प्रहरी चौकीमा राखेर प्रहरीले सोधपुछ गरिरहेको छ ।