कसले चोर्यो ल्यापटप र प्रिन्टर ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कसले चोर्यो ल्यापटप र प्रिन्टर ?



नेकपा माओवादीको जारी आठौं महाधिवेशनस्थलबाट ल्यापटप र प्रिण्टर चोरी भएको छ ।

कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको मिडिया सेन्टरमा राखिएको ल्यापटप र प्रिण्टर चोरी भएको प्रचार विभाग प्रमुख गोविन्द आचार्यले जानकारी दिए ।

मिडिया सेन्टरबाट ल्यापटप र प्रिन्टर चोरी भएकाले प्रवेशमा कडाइ गरिएको छ । फोटो पत्रकारबाहेकका पत्रकारलाई समेत प्रवेशमा कडाइ गरिएको छ । साँझ ५ बजेमात्र मिडिया सेण्टरमा प्रवेश दिने बताइएको छ ।

महाधिवेशनस्थलमा सीसीटिभी भए पनि बन्द गरिएको थियो । साथै,आजबाट सिसीटिभी सञ्चालनमा ल्याएको छ । तर चोरिएको प्रिण्टर र कम्प्युटर कसले हात पार्यो भन्नेबारे कसैले भेउ पाउन सकेका छैनन् ।