सार्वजनिक लेखा समितिको बैठक भैरहवामा बस्दै - Himal Post Himal Post
  • २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
Logo

सार्वजनिक लेखा समितिको बैठक भैरहवामा बस्दै



भदौ २०, बुटवल-

व्यवस्थापिका संसद अन्तरगतको सार्वजनिक लेखा समितिको आज बैठक बस्दैछ । भैरहवामा आज बैठक बसी सरकारलाई आवस्यक निर्देशन दिने समिति सभापति डोर प्रसाद उपाध्यलले जनाकारी दिए ।

विभिन्न आयोजनाहरुको स्थलगत निरिक्षण गर्न ५१ सदस्यीय टोली रुपन्देही आइ अनुगमन सुरु गरेको हो । बुटवल–पाल्पा सडक खण्डमा पर्ने सिद्धबाबाको पहिरोको निरिक्षण गरिरहेको छ ।

सार्वजनिक लेखा समितिका सदस्य सांसदहरुको टोली हिजो बिहान रुपन्देही आइ भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल निर्माण आयोजनाको निरिक्षण गरेको थियो । त्यस्तै टोलीले बुटवल बेलहिया ६ लेन व्यपारीक मार्ग आयोजना, सिद्धार्थ राजमार्ग अन्तर्गत गर्नुका साथै लुम्बिनी देखी तिलौराकोटको स्थलगत अनुगमन गरेको हो ।

स्थलगत अनुगमन गर्नुकासाथै सार्वजनिक सुनुवाई गर्ने र लेखा समितिको बैठक बसि सरकारलाई आवस्यक निर्देशन समेत दिने उपाध्यलले बताए ।