पैसाकै लागि पुरुषको लिङ्ग काटेपछि… « Himal Post | Online News Revolution
Logo

पैसाकै लागि पुरुषको लिङ्ग काटेपछि…



काठमाडौं । रोजगारीको सिलसिलामा चार वर्षअघि भारत पुगेका कञ्चनपुरका कृष्णपुर नगरपालिका–१ दोमिल्लाका एक युवकको भविष्य डामाडोल भएको छ ।

भारतमा तेस्रो लिङ्गीहरूले पैसा कमाउनका लागि २३ वर्षीय सुरेन्द्र सिंह मालको भविष्य डामाडोल पारिदिएका हुन् । ०७२ सालमा १२ कक्षाको परीक्षा दिएर पढाइ खर्चको जोहो गर्न भारत गएका उनको पढाइसँगै भविष्य नै डामाडोल भएको हो ।

भारतमा हुँदा तेस्रोलिङ्गी गिरोहले लिङ्ग नै काटिदिएपछि जिवन नै बर्बाद भएको सुरेन्द्रले बताए । गिरोहले उनलाई महिला बनाएर कमाउने धन्दामा प्रयोग गरेका थिए । उनले भने, लिङ्ग काटिदिए, महिला बनाएर महिलाकै जस्तो काम गराए ।’

दिल्लीभन्दा करिब ५० किलोमिटर टाढाको मेरिट भन्ने शहरका नइम खानले मालको लिङ्ग काटेर प्रयोग गरेका थिए । महिला भएपछि उनी लाजले घर आउन सकेका थिएनन् । तर, उनलाई त्यहाँ समस्या भएपछि ०७६ वैशाखको विशु पर्वका लागि गत वर्ष चैत अन्तिम साता नेपाल आएका थिए । सुरूमा महिलाको भेषमा नेपाल आउँदा कसैले सुरेश भनेर पत्याएका थिएनन् । अन्तमा उनको निधारमा भएको घाउ र स्वरबाट परिवारले चिनेका थिए ।

रोचन कुरा के छ, भने लिङ्ग काटेर तेस्रोलिङ्गी बनाइदिने रिजमान खानका छोरा सुहिलले माललाई प्रेम गर्न थालेका छन् । सुहिलसँगै नेपाल आएका मालको विषयमा आफन्तले चासो राख्न थालेपछि उनीमाथि अन्याय भएको थाहा पाएको हो ।

अङ्गभङ्ग बेचबिखन गरेको भन्दै मालको परिवारले खानलाई कारबाहीको माग राखेपछिको केटालाई केटी बनाएको तथ्य खुलेको हो ।, नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।