१७ औँ लिस्नु कप सडेनडेथको सहाराले नवयुवा फाइनलमा - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

१७ औँ लिस्नु कप सडेनडेथको सहाराले नवयुवा फाइनलमा



बुटवल, २३ भदौ । 

नवयुवा खेलकुद तथा सांस्कृतिक परिवार ठुटिपिपल रुपन्देही १७ औँ लिस्नु कप  नकआउट फुटवल  प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

पशुपति मावि कोटिहवाको मैदानमा सम्पन्न निकै प्रतिस्पर्धात्मक खेलमा डीवाईसी कोटहीमाई रुपन्देहीलाई सडेनडेथमा १–० ले स्तब्ध बनाउंदै फाइनल यात्रा तय गरेको हो ।

सडेन डेथमा नवयुवाका निराजन मल्लले गरेको गोल नै टिमको जितका लागि निर्णायक बन्यो । त्यसअघि ट्राइब्रेकरमा  दुबै टिमले ४–४ गोल गरेका थिए । नवयुवाका हेमन्त थापा,उमेश थापा,शुशिल लामा र रवि मगरले गोल गर्न सफल भएका थिए भने विमल बस्नेत गोल गर्न चुकेका थिए ।

डीवाईसीका भुषण सुब्बा,वर्षाद गुरुङ, सनम तामाङ र सनत कार्कीले गोल  गर्न सफल भएका थिए भने विश्व अधिकारीको प्रहार असफल भएको थियो ।

त्यसअघि खेलको निर्धारित समयमा नवयुवाका निराजन मल्लले पहिलो हाफको १६औं मिनेटमा र डीवाईसीका विदेशी खेलाडी मार्टिनले दोस्रो हाफको ९ औं मिनेटमा गोल गर्दा खेल बराबरीमा टुंगिएको थियो । शुक्रबारको खेलको म्यान अफ दि म्याच नवयुवाका गोलकिपर सोजित गुरुङ घोषित भए ।

शनिबार अन्तिम सेमिफाइनल खेल सिद्धार्थ इट्टा सुपौली एफसी सुपौली र वालिङ नगरपालिका वालिङबीच हुने   आयोजक लिस्नु युवा क्लबका सहसचिव मनोज क्षेत्रीले जानकारी दिए ।

भदौ २६ गतेसम्म चल्ने प्रतियोगितामा रुपन्देही, नवलपरासी र स्याङजा जिल्लाका गरी १६ वटा टिमको सहभागिता  रहेको छ । प्रतियोगिताको उपाधि विजेताले  २ लाख, उपविजेताले  १ लाख र सेमिफाइनलमा पुग्ने २ टिमले सान्त्वना पुरस्कार २५–२५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।