दर्शक श्रोताले रुचाए विन्दुको'म के गरु'(भिडियो) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

दर्शक श्रोताले रुचाए विन्दुको’म के गरु'(भिडियो)



कमल विष्ट
नेपाली साङ्गीतिक क्षेत्रमा चर्चामा रहेका नाम मध्य एउटा नाम हो बिन्दु परियार , आफ्नो साङ्गीतिक यात्राको सुरुवातबाटै ” ठुलो पर्दाका सफल नेपाली चलचित्रमा पर्ख पर्ख मायालु म पनि त आउला” , “पहिलो नम्बरमा” जस्ता सुपरहिट गीत दिएकी गायिका बिन्दु परियारको नयाँ गीतको पर्खाइमा श्रोता रहन्छन् ।

यसैबिच गायिका बिन्दुले ‘म के गरु’ गीतको म्युजिक भिडियो बजारआ ल्याएर आएकी छिन् उक्त गीत लाई धेरै दर्शकले मन पराएर युटुबको लिङ्क फेसबुकमा सेयर गरेर भाइरल नै बनाएको देख्न सकिन्छ ।

आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत गायिका बिन्दुले ‘म के गरु’ शीर्षकको युगल गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् । एक नारायण भण्डारीको शब्दको उक्त गीतमा आशिष् अविरलको सङ्गीत निर्देशन छ ।

म्युजिक भिडियोमा गायिका परियारले लोकप्रिय अभिनेत्री प्रियङ्का कार्कीको साथ पाएकी छिन् । भिडियोमा अभिनेत्री कार्कीलाई भिमफेदी गाइजका कलाकारहरूले साथ दिएका छन् । उक्त भिडियोलाई भिमफेदी गाइजले नै कोरियोग्रँफी गरेको हो ।

धिरज जङ्ग शाहद्वारा छायाङ्कन गरिएको उक्त भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् भने निशान घिमिरेले यसलाई सम्पादन गरेका छन् , यश गीतका प्रोड्युसर भने गायिका बिन्दु परियारका श्रीमान् तथा म्युजिक एरेन्जर सुदिप सागर हुन् ।

https://youtu.be/whANH8qEbgY