मदन भण्डारी किन मारिए ? बादलले खोले रहस्य - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

मदन भण्डारी किन मारिए ? बादलले खोले रहस्य



काठमाडौं- एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले राजतन्त्रको विपक्षमा उभिँदा मदन भण्डारी मारिनु परेको बताएका छन् ।

जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै बादलले राजतन्त्रको विपक्ष र गणतन्त्रको पक्षमा उभिँदा मदन भण्डारी मारिनु परेको बताएका हुन् ।

वर्ग संघर्ष र यससँगै राजनीतिक दलको विकासको व्याख्या गर्ने क्रममा उनले दलहरूमा र तिनका नेताहरूमा विकास भएको चेतनाले नै देश संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा आइपुगेको बताए ।

तर, यसबीचमा गणतन्त्रको चेतना भएका मदन भण्डारीजस्ता नेताहरू गुमाउनु परेको उनको भनाइ छ । त्यस्तै उनले २००७ सालको उपलब्धि दिल्ली सम्झौताबाट प्राप्त भएको बताएका छन् । बादलले दिल्ली सम्झौताबाट ००७ सालको उपलब्धि भएको जिकिर गरेका हुन् ।

वर्ग संघर्ष र यससँगै राजनीतिक दलको विकासको व्याख्या गर्दै उनले ००७ सालको आन्दोलनको उपलब्धि दिल्लीको सहयोगमा भएको र यसबाट मुलुक बहुदलमा प्रवेश गरेको बताए । तर, २०१७ सालमा यो व्यवस्था अन्त्य भएको उनको भनाइ छ ।

२०४६ हुँदै २०६२/६३ को आन्दोलनपछि मुलुक लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको उनको भनाइ छ । साथै बादलले देशमा देखिएको प्रतिगमनलाई एमालेले परास्त गर्ने दाबी गरेका छन् । उनले परमादेशमा सरकार बनेको र यसलाई प्रतिगामी कदमको रूपमा अथ्र्याए ।

दक्षिणपन्थी र विसर्जनवादी एमालेबाट अलग भएको भन्दै उनले एमालेले प्रतिगमन अन्त्य गरेरै छाड्ने बताए ।