बैतडीका महिलाद्वारा मदिरा नियन्त्रण गर्ने अभियान - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बैतडीका महिलाद्वारा मदिरा नियन्त्रण गर्ने अभियान



बैतडी, साउन १७ ।

मदिरा र जुवातासले महिला तथा बालबालिकामाथि हुने हिंसाका घटनामा वृद्धि हुन थालेपछि बैतडीका महिला मदिरा नियन्त्रण गर्ने अभियानमा जुटेका छन् ।

मदिरा र जुवातासले गाउँमा महिला हिंसाका घटना बढेको भन्दै मदिरा बेचबिखन बन्द गर्नुपर्ने माग राख्दै बैतडीको दोगडाकेदार–३ श्रीकोटका महिला आन्दोलित भएका छन् ।

मदिरा र जुवातासले महिला तथा बालबालिकामाथि हुने हिंसामा वृद्धि हुन थालेको भन्दै संघर्ष समिति गठन गरी आन्दोलित भएका हुन् ।

लक्ष्मी ओडको अध्यक्षतामा महिला जागरण उत्थान समूह गठन गरेर सोमबार डाङ, खोचलेक, सिल्लेगडा हुँदै घोडेधारसम्म नाराजुलुससहित मदिरा र जुवातास बन्द गर्नुपर्ने माग गरेका हुन् ।

सोमबार पहिलोे दिन नाराजुलुससहित वडा कार्यालय घेराउ गरेको र आज वडा कार्यालयमा मदिरा तथा जुवातास बन्द गर्नुपर्ने भनेर ज्ञापनपत्र बुझाउने कार्यक्रम राखेको र मागको सम्बोधन नभए जस्तोसुकै आन्दोलन गर्न तयार रहेको समेत श्रीकोटका महिलाले बताएका छन् ।रासस