‘महजोडी’लाई ‘सूर्य रत्न सम्मान’ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

‘महजोडी’लाई ‘सूर्य रत्न सम्मान’



काठमाडौं । वरिष्ठ हाँस्य कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्य ‘महजोडी’लाई ‘सूर्य रत्न सम्मान २०१९’ बाट सम्मानित् गरिने भएको छ । उनीहरूलाई जापानको टोकियोमा हुँदै गरेको ‘सूर्य इन्टरनेशनल अवार्ड २०१९’मार्फत सम्मान गर्न लागिको हो ।

त्यस्तै फिल्मकर्मी तथा टेलिभिजनकर्मी नीर शाहलाई ‘सूर्य लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गरिने भएको छ । यता ‘सूर्य पत्रकारिता पुरस्कार’बाट रंग पत्रकार तथा फिल्म निर्देशक लक्ष्मण सुदेवीलाई सम्मान गरिने जानकारी गराइएको छ ।

यसका साथै ‘सूर्य कलाकारिता सम्मान’बाट क्याप्टेन विजय लामालाई सम्मान गरिने बताइएको छ । यही २४ नोभेम्बरमा यो सम्मान दिइने भएको हो ।