जंगलमा झुन्डिएको अवस्थामा महिला पत्रकारको शव फेला - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

जंगलमा झुन्डिएको अवस्थामा महिला पत्रकारको शव फेला



कैलाली – घोडाघोडी नगरपालिकास्थित कैलाली एफएममा कार्यरत एक महिला पत्रकारको झुन्डिएको अवस्थामा शव फेला परेको छ । २३ वर्षीया निर्मला पहराई घोडाघोडी नगरपालिका-५ को जङ्गलमा झुन्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

मृतक पहराइ भाद्र ३१ गतेबाट सम्पर्क विहीन भएकी सुखडका प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए । शवलाइ पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ ।

बोहराले भने ,’ शव झुन्डिएको अवस्थामा जंगलमा फेला परेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । अनुसन्धानका लागि सँगै काम गर्ने कैलाली एफएमकै पुर्व पत्रकार २४ वर्षीय ललित जाग्रीलाई पक्राउ गरिएको छ ।’

मृतक पहराइ घोडाघोडी नगरपालिका- ४ जनकपुर घर भई बिगत ५ वर्ष देखी सुखडमा आफ्नै दिदिको घरमा बसेर पत्रकारीता गरीरहेकी थिईन । उनी क्रियाशिल दलित पत्रकार कैलालीको सहसचिव पनि थिइन् ।