मलेसिया रोजगारी खुल्यो: शून्य लागत, सामाजिक सुरक्षाको ग्यारेन्टी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

मलेसिया रोजगारी खुल्यो: शून्य लागत, सामाजिक सुरक्षाको ग्यारेन्टी



काठमाडौँ- १५ महिनादेखि बन्द रहेको वैदेशिक रोजगारीको गन्तव्य मलेसियामा आइतबारबाट खुल्ने भएको छ ।

नेपाल र मलेसियाका अधिकारीहरुबीच आज भएको सहमतिअनुसार आइतबारबाट मलेसिया रोजगारी खुल्ने प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जनाएका छन् ।

नेपाल र मलेसियाको श्रम मन्त्रालय स्तरीय प्राविधिक समितिमा तत्कालै मलेसियाको रोजगारी खुला गर्ने सहमति भएको हो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ०७५ जेठ ३ देखि मलेसियामा नेपाली युवा पठाउन रोक लगाएको थियो । कामदारको बीमा, फ्रि भिसा फ्रि टिकटको व्यवस्था कार्यान्वयनको अडान राख्दै नेपालले मलेसियामा नेपाली कामदार पठाउन रोकेको थियो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले नेपालको प्रस्तावअनुसार नभएसम्म नेपाली कामदार पठाउन नसकिने अडानपछि पहिलो चरणमा मन्त्रीस्तरीय बार्ता काठमाडौंमै भएको थियो ।

वार्तापछि मलेसिया रोजगारी खोल्ने विषयमा दुई देशबीच सहमति भएको हो ।

‘गतबर्ष देखि बन्द रहेको नेपाली श्रमिकहरुको मलेसिया डेस्टिनेशन आज भएको द्विपक्षीय सहमति अनुसार आगामी आइतबार बाट खुल्ने भएको छ’, भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी गराएका छन् ।