मनमोहन मेडिकल कलेज सरकारलाई नबेच्ने एमाले नेताको निर्णय - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

मनमोहन मेडिकल कलेज सरकारलाई नबेच्ने एमाले नेताको निर्णय



 

२९ साउन, काठमाडौँ ।
नेकपा एमालेका नेता राजेन्द्र पाण्डेले प्रस्तावित मनमोहन मेडिकल कलेज सरकारलाई बेच्न नसकिने बताएका छन् । यस् सँगै मनमोहन मेडिकल कलेज किन्ने सरकारको योजना तुहिएको छ ।
स्वास्थ्य क्षेत्रमा सुधार लगाएतका माग राखेर २१ दिनदेखि अनसनरत डा. गोविन्द केसीको माग सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले मनमोहन मेडिकल कलेज सरकारले नै किन्ने प्रस्ताव राखेका थिए ।

मनमोहन मेडिकल कालेज बारे छलफल गर्न बसेको काँग्रेस र माओवादी शीर्ष नेताहरूको बैठकबाटै एमाले अध्यक्ष केपी ओली र राजेन्द्र पाण्डेलाई पनि बोलाइएको थियो । तर, ओली राजधानी नभएका कारण नआएको बताए ।

तर पाण्डेले सरकारलाई कालेज नबेच्ने जवाफ दिएको बताइएको छ ।