मञ्जु पौडेलको दसैँ विशेष गीत 'आयो दशैं' (भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

मञ्जु पौडेलको दसैँ विशेष गीत ‘आयो दशैं’ (भिडियो सहित)



हिमाल पोस्ट /भदौ ३० 

एक पछि अर्को हिट गीत बजारमा ल्याएर चर्चा कमाउन सफल गायिका तथा उद्घोषिका मञ्जु पौडेलको दसैँ विशेष गीत आयो दशैं सार्वजनिक भएको छ ।

कला संस्कृतिलाई जगेर्ना गर्दै एक पछि अर्को मौलिक गीतलाई फरक शैलीमा बजारमा पस्किन माहिर मञ्जु पौडेलले यो गीतमा पनि निकै मेहनत गरेको बताउँछिन ।

हिन्दुहरूको महापर्व बडा दसैँको अवसरमा नेपाल र विदेशमा बस्ने नेपालीहरूलाई फरक मनोरञ्जन प्रदान गर्न गीत सङ्गीतको भिडमा यो फरक तर मौलिक गीत बनाएको बताइएको छ ।

बिएमएस म्युजिकले बजारमा ल्याएको यो गीतमा मञ्जु पौडेल र लोकनाथ सापकोटाले स्वरबद्द गरेका छन् भने लोकनाथ सापकोटाले नै सङ्गीत भरेका  छन् ।

गायक गायिका आफै अभिनय गरेको उक्त गीतको भिडियो पनि अत्यन्त रमाइलो छ ।हेरौ उक्त भिडियो