प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् पुनर्गठन (सूचीसहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् पुनर्गठन (सूचीसहित)



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् ।

प्रधानमन्त्रीले केही मन्त्रीलाई हटाएका छन् भने केहीलाई नयाँ नियुक्त गरेका छन् ।

केहीको जिम्मेवारी हेरफेर गरेर राष्ट्रपति कार्यालयमा सूची पठाएको स्रोतले जानकारी दिएको छ । यसको औपचारीक घोषणा बिहिबार बिहान गरिने छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय खोसेर नेकपा नेता भानुभक्त ढकाललाई दिएका छन् । कानुनमन्त्री ढकाल स्वास्थ्यमन्त्री बन्ने भएका छन् भने उपेन्द्र यादव कानुनमन्त्री हुँदैछन् ।

मन्त्रीमा बसन्त नेम्वाङलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय दिइने भएको छ । स्रोतका अनुसार घनश्याम भुसाल कृषिमन्त्री हुँदैछन् भने हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्नेछन् ।

त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा मोति दुगडको नाम प्रधानमन्त्रीले राष्ट्रपति समक्ष पठाएका छन् । महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा पार्वत गुरुङको नाम गएको छ ।

लेखराज भट्ट,रामेश्वर राय यादव,विमला राई लगायत केहीको मन्त्रालय खुलेको छैन ।स्रोतका अनुसार ईश्वर पोखरेल, रामवहादुर थापा बादल, प्रदिप ज्ञवाली, वर्षमान पुन, गोकुल बस्कोटा र योगेश भट्टराईको जिम्मेवारी यथावत रहनेछ ।