रुकुममा मतपेटिकामै कसले लगायो आगो ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

रुकुममा मतपेटिकामै कसले लगायो आगो ?



मंसिर १० ,रुकुम ।

रुकुम पश्चिमको रत्न मावि बाँफिकोटको मतदान केन्द्र (क) बुथमा प्रत्यक्षतर्फको मतपेटिकामा आगो लागेको छ ।

प्रतिनिधिसभा अन्र्तगत प्रत्यक्षतर्फको मतपेटिकामा आगो लागेको हो । मतपेटिकाबाट धुवाँ निस्किएपछि तत्काल पानी हालेर आगो निभाइएको थियो । पूरै मतपेटिकामा नभएर केही मत पत्र मात्रै जलेको प्रहरीले जनाएको छ ।

मतपेटिकामा कसरी आगो लाग्यो भन्ने बारे अनुसन्धान भइरहेको छ । आगलागी भएपछि अहिले मतदान कार्य रोकिएको छ भने सर्वदलिय बैठक बसिरहेको छ । मतपेटिकामा एसिड हालेको आशंका गरिएको छ ।

मतदान अधिकृत नन्दलाल महतोका अनुसार त्यस मतपेटिकामा २५० मत खसेको थियो । एसिड हालेको आशंकामा ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नजिकै बम पनि विष्फोट भएको स्थानीय बासिन्दाले जानकारी दिए पनि प्रहरीले पुष्टि गरेको छैन ।