लुम्बिनी पुगे मोदी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

लुम्बिनी पुगे मोदी



काठमाडौँ- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको लुम्बिनी आइपुगेका छन् । ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व भारतीय वायुसेनाको विशेष हेलिकोप्टर मोदी लुम्बिनी आइपुगेका हुन् ।

मोदी आज ६ घण्टाको लागि नेपाल आएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा उनी नेपाल आएका हुन् ।

बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजना गरिने एक विशेष समारोहमा सहभागी हुन उनी नेपाल आएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मोदी भारतबाट सिधै लुम्बिनी आई त्यहींबाट स्वदेश फर्कनेछन् ।

उनको मायादेवीको मन्दिर जाने कार्यक्रम रहेको छ । त्यहाँ दुवै देशका प्रधानमन्त्री प्रार्थनामा सहभागी हुनेछन् ।

मोदीले लुम्बिनीमा बौद्ध संस्कृति र सम्पदा केन्द्रको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । पुजा र शिलान्यासको काम सकेपछि उनले पवन इन्टरनेसनल होटलमा राजनीतिक भेटवघाट गर्ने जनाइएको छ ।

होटलमा नै परराष्ट्रमन्त्री डा. नारायण खड्काले मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने छन् । मध्यान्ह १२ बजे प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता हुनेछ । त्यसलगत्तै नेपाल-भारत द्विपक्षीय उच्चस्तरीय कूटनीतिक बैठक हुनेछ ।

बैठक सकिएपछि प्रधानमन्त्री देउवाले भारतीय समकक्षि मोदीको सम्मानमा दिवा भोजको आयोजना गर्नेछन् ।

उनी बेलुकी ५ बजे भारतीय वायु सेनाको हेलिकप्टरमा लुम्बिनीबाट स्वदेश फर्कने कार्यक्रम छ ।