राजीव गान्धीलार्इ जस्तै मोदीलार्इ सिध्याउने यस्तो प्लान - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

राजीव गान्धीलार्इ जस्तै मोदीलार्इ सिध्याउने यस्तो प्लान



एजेन्सी :

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलार्इ सिध्याउने याेजना बनाइएकाे सनसनीपूर्ण खुलासा भएको छ । भारतका पूर्व प्रधानप्रधानमन्त्री राजीव गान्धीलार्इ जसरी अात्मघाती हमलाकारीले हत्या गरेका थिए, त्यसरी नै प्रम माेदीकाे पनि हत्या गर्ने याेजना बनेकाे खुलासा भएकाे हाे ।

पुणेकाे भारतीय पुलिसले जनाएअनुसार प्रधानमन्त्री मोदीविरुद्ध त्यहाँकाे सशस्त्र संघर्षरत नक्सलवादी (भारतीय माओवादी)ले हत्या याेजना बनाएकाे खुलेकाे हाे । प्रहरीले केही माअाेवादी कार्यकर्तालार्इ गिरफ्तार गरेपछि उनीहरूबाट बरामद कागजपत्र र चिठीमार्फत साे याेजना छर्लंग भयाे । एक नक्सलवादी कार्यकर्ताको कम्युटरबाट बरामद चिठीमा साे याेजनाबारे उल्लेख भएकाे पुणेस्थित प्रहरी श्रोतले जनाएकाे छ ।

भारतका पूर्वप्रधानमन्त्री राजीव गांधीको २१ मे १९९१ मा चुनावी अभियानका क्रममा हत्या भएकाे थियाे । छिमेकी मुलुक श्रीलंकाबाट अाएकाे अराज समूहकाे आत्मघाती हमलामा तमिलनाडुमा उनकाे हत्या भयाे ।

पुणे प्रहरीले जनाएअनुसार नक्सलवादीले प्रम माेदीकाे हत्याका लागि उर्दी नै जारी गरेका थिए । उनीहरूले पाँच जनामध्ये एक जनालाई यस्तो पत्र पठाएका छन्, जसमा माेदीकाे हत्या गर्न सकिए पार्टीकाे बलिदानले सार्थकता पाउने उल्लेख गर्दै हत्याका लागि तम्तयार हुन भनिएकाे छ ।

पत्रमा भनिएको छ, “कामरेड किशन र केही अन्य वरिष्ठ कम्युनिष्ट अधिकारीहरूले मोदीकाे शासनलाई निमिट्यान्न पार्न केही ठोस प्रस्ताव दिए। हामी घटनालार्इ अर्को राजीव गान्धीकान्डजस्तै बनाउनेबारे सोचिरहेका छौं। सडक शोका बेला भीडमा घुसेर टार्गेट गर्नु एक प्रभावकारी रणनीति हुनेछ । हामी सबै विश्वास गर्छौं कि हामी सबैको बलिदानले नै पार्टी जीवित रहनेछ ।”

कार्यकर्ताहरूलार्इ जारी गरिएकाे पत्रमा भारतीय जनजातिहरूमाथि मोदी सरकारले ‘हिन्दू फासीवाद’ लाद्न खाेजेकाेले माेदी-राजकाे अन्त्य गर्ने उद्घाेष गरिएकाे छ । “बिहार र पश्चिम बंगाललगायत राज्यमा ठूलाे हार हुँदाहुँदै पनि १५ भन्दा बढी राज्यमा माेदीले अाफ्नै पार्टीकाे सरकार बनाइरहेछन्, यसले निरन्तरता पाउँदै जाने हाे भने पार्टी (नक्सलवादी)काे सबै माेर्चामा ठूलो संकट अाउने निश्चित छ,” पत्रमा लेखिएकाे छ ।

यस घटनाबारे सञ्चारकर्मीले प्रतिक्रिया माग्दा भारतीय गृहमन्त्री राजनाथसिंहले प्रम मोदीको सुरक्षाका लागि सरकार ग्रम्भीर रहेको बताएका छन् ।

बिहीबार मात्रै पुणे पुलिसले एक पत्रकार सम्मेलन गर्दै माेदीकाे हत्या याेजनाबारेका दस्तावेज सार्वजनिक गरेकाे थियाे ।शुक्रबार जम्मु–कश्मिरको भ्रमणका क्रममा गृहमन्त्री सिंहले भारतमा नक्सलवादीहरु सकिएर अब १० जिल्लामा मात्रै सीमित भएको दाबी समेथ गरे । उनले आतंकवाद नियन्त्रणका लागि सरकारले उचित निर्णय लिने तयारी गरिरहेको समेत बताएका छन् ।