नरेन्द्र मोदी युवा अवस्थामा यस्ता थिए (फोटो फिचर) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नरेन्द्र मोदी युवा अवस्थामा यस्ता थिए (फोटो फिचर)



काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो युवावस्थाको तस्विर देखेर खुसी भएका छन् । उनले आफ्नो जन्मदिनको अवसरमा मित्रहरुबाट प्राप्त आफ्नो युवावस्थाको तस्विरलाई ट्वीटरमार्फत सार्वजनिक गरेका छन् ।

गुजरातमा जन्मिएका मोदी हिन्दुवादी राष्ट्रिय कार्यकर्ता संघको सदस्य हुँदै प्रधानमन्त्री बन्न सफल भए । उनी सामान्य परिवारमा जन्मिएर भारतका प्रधानमन्त्री हुनेमध्येमा मोदी पर्दछन् । त्यसले गर्दा पनि उनलाई पुराना दिनहरुको याद आईरहन्छ ।

उनले बहुमूल्य क्षणहरु र विशेष सम्झनाहरुलाई दोहोर्याउँदै आफ्ना मित्रहरुलाई अझै अरु पनि तस्विर भए आफुलाई सेयर गर्न अनुरोध गर्दै तस्विर ट्वीट गरेका छन् ।