नेपाली संगीतमा मोहम्मद वारिस खान - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नेपाली संगीतमा मोहम्मद वारिस खान



गीता अधिकारी \ काठमाडौं, बैसाख २ 

प्राकृतिक विविधतामा हामी जति धेरै धनि छौ जाती, भाषा र संस्कृतिमा पनि त्यति नै धनी छौ । पूर्वदेखि पश्चिमसम्म र उत्तरदेखि दक्षिणसम्म नेपाली भाषा, साहित्य, कला र संस्कृति आ–आफ्नो छ । यसको समृद्धिका लागि विभिन्न क्षेत्रका मानिसहरुले टेवा पु¥याइरहेका छन् । यस्तै मध्येका एक हुन पश्छिम नेपाल लुम्बिनीको रुपन्देही स्थित सिद्धाथनगर नगरपालिका बेलिया–१का मोहम्मद वारिस खान । रुपन्देहीको नेपाल भारतको सीमा क्षेत्रमा एक किसान परिवारमा जन्मेर भारतमा आफ्नो अध्ययन पुरा गरेका उनको अहिलेको परिचय हो गायक । आफ्नो व्यापार ब्यवसायका साथ साथै उनले नेपाली सुगम संगीतमा आफूलाई अब्बल तुल्याउन हर समय प्रयासरत रहेका छन् । पारिवारिक सर्पोट, आफ्ना पाँचजना भाईहरुको पूर्ण सहयोगका साथ साथै आमा बुबा र अंकलको आर्शिवादले यो सबै सम्भव भएको उनी बताउँछन् ।

सङ्गीतकार नरहरि प्रेमीको एकल सङ्गीतमा पहिलो एल्वम ‘नजर’ लिएर आज भन्दा आठ वर्ष अघि दर्शक÷स्रोतामाझ आएका उनी अहिले एल्वम ‘आगो र फूल’ लिएर आएका छन् । गत महिना एक कार्यक्रमबीच राजधानीमा उक्त एल्वमको सार्वजनिक गरिएको थियो । जसलाई एउटा बिशेष कार्यक्रमबीच विमोचित गरिएको थियो । अहिले यस एल्वमका गीतहरुले राम्रै प्रतिक्रिया पाइरहेको मा उनी दङ्ग छन् । पछिल्लो समय युट्यवमा पनि यसले राम्रै भ्युर्अस पाइरहेको छ ।

‘मेरो सानो छदा देखिकै एक खालको रुची थियो गीत गाउँने, सुन्ने । पढाई लेखाइतिर कम मन जान्थ्यो यो क्षेत्रले नै मेरो मनलाई लोभ्याउँथ्यो’ गीत÷सङ्गीतको लगावबारे उनी यसो भन्छन् । पढाई पनि त्यतिकै महत्वपूर्ण छ जीवनमा मैले त्यसलाई पनि पुरा गरे तर मेरो मन मष्तिकमा गीत सङ्गीत नै थियो । म नेपाल भारतको सीमा क्षेत्रको बासिन्दा हुँ र मेरो पढाइ लेखाई भारतमा भयो त्यहाँ म धेरै हिन्दी गीत सुन्थे । त्यो बेलाको हिन्दी गीतले मलाई आकर्षण गथ्र्यो । सुन्ने र स्कुलका कार्यक्रमहरुमा भाग लिएर गीत गाउने गर्थे त्यतिवेला । मेरो स्वरलाई मन पनि पराइन्थ्यो । मेरो घरमा साङ्गीतिक माहोल भने थिएन । त्यसैले आधिकारिक रुपमा एल्वम लिएर आउन अलिक समय लागेको हो, उनको भनाई रहेको छ ।

पहिलो एल्वमको निक्कै लामो समयको ग्याप पछि दोस्रो एल्वम लिएर आउनुका कारणमा खान भन्छन्– ‘हो, मैले पहिलो एल्वम निकालेको ८ वर्ष पछि दोस्रो एल्वम लिएर आएको छु । पहिलो एल्वम निकाल्दा मलाई त्यती धेरै थाहा पनि थिएन । काठमाडौं मेरा लागि नौलो थियो । त्यो बेला पनि साथिहरुको साथ सहयोग पाए त्यसका लागि धन्यवाद । मैले एउटा अनुभव गर्न पाए । तर, त्यसमा भएका गीत र त्यो एल्बमका बारेमा बजारमा भने त्यती चर्चा भएन । पछि आफ्नो ब्यवसाय, कारोबारमा लागे तर मेरो मन मष्तिकमा गीत सङ्गीत नै थियो र त्यसैको निरन्तरता हो एल्वम ‘आगो र फूल’ ।’

भरखर बजारमा आएको एल्वम ‘आगो र फूल’मा रहेका गीत मध्ये अलिक बढी मन पराइएको कुन पाउँनुहुन्छ ? भन्ने प्रश्नमा उनी आफ्ना लागि सवै सिर्जना बराबर नै छन् भन्छन् । मोहम्मद वरिस यसमा थप्छन्– तर, पनि के हो भने दर्शक÷स्रोताको आ–आफ्नो रुची अनुसार मन पराइने रहेछ । एल्वममा रहेका चार वटै गीत एकदमै राम्रो रहेको छ । मलाई एकसँग अर्को तुलना गर्न गाह्रो छ । सबै राम्रो छन् । एल्बममा ‘कित मेरो मुटुलाई…’, ‘आउनु है कान्छी….’, ‘काली काली बान्कि परेकी….’ र ‘जिन्दगीभर जीवनसाथी….’ जस्ता चारवटा गीत समावेश गरेको छु । एल्वममा रहेका गीतमा सुरेश अधिकारी, शिखर सन्तोष, बसन्त सापकोटा, र रबिराज शाहको सङ्गीत रहेको छ भने शितल कादम्विनी, सुरेश अधिकारी र प्रगती थापाका शब्द रहेका छन् ।

अबका दिनमा पनि आफूले यसक्षेत्रमा निरन्तरता दिने र यस क्षेत्रलाई अझ समृद्धितर्फ लैजाने चहाना रहेको बताउँने खानका यतिवेला अरु तिन वटा गीतहरु रेकडिङ्को तयारीमा रहेको र दुईवटा भोजपुरी गीत पनि गाउन लागेका छन् भने हिन्दी गीतमा पनि अफर आएको बताउँछन् । ‘म यो क्षेत्रबाट टाढा जाने कुरा सोच्न पनि सक्दिन’ उनको दावी छ ।

हरेक क्षेत्रमा सफल हुनका लागि विभिन्न कालखण्डहरुलाई पार गर्न नै पर्छ भन्ने मान्यता राख्ने उनीे यस अघि जति नै यो क्षेत्रमा लागेर संघर्ष गरे अहिले आएर आफ्नो भाग्य खुलेको जस्तो लागिरहेको ठान्छन् । एल्वम ‘आगो र फूल’मा वरिष्ठ सङ्गीतकार, गीतकारहरुले गरेको धेरै मायालाई बयान गर्न नसक्ने बताउँछन् । ‘उहाँहरुको माया र सर्पोटले म निक्कै अगाडि जान्छु जस्तो लाग्छ’ उनले भने ।

पहिला भारतीय गायकहरुको गीत बढी नै सुन्ने र गाउने खानलाई अहिले नेपाली गीतमा स्वर स्रमाट नारायण गोपाल, भक्तराज आचार्य त्यस्तै नयाँ आएर रामकृष्ण ढकालको गीत मन पर्छ । उनले विभिन्न कार्यक्रममा आफ्ना गीतसँगै रामकृष्ण ढकालको ‘ओराली लागेको हरिणको चाल भो….’ गीत धेरै नै गाएका छन् ।

गीत सङ्गीतलाई जीवन ठान्ने खान ‘जीवन नै सङ्गीत हो, गीत सङ्गीत बिना जीवन बाँच्छ जस्तो लाग्दैन, गीत सङ्गीत जीवनको आधार हो, गीत सङ्गीतका रुप धेरै हुन्छन्, कुनै न कुनै रुपमा मान्छे यसलाई गुनगुनाएकै हुन्छ र यसले औषधीका रुपमा पनि काम गर्ने गर्छ’ भन्छन् ।

नेपाली गीत सङ्गीतलाई कसरी हेर्नु भएको छ ? भन्ने प्रश्नमा आफूलाई नेपाली गीत सङ्गीत एकदमै राम्रो लाग्ने बताउँछन् । अहिलेसम्म आउँदा नेपाली गीत सङ्गीतले धेरै फड्को मारेको छ । पहिला पहिलाका र अहिलेका पनि केही अपवादलाई छोडेर नेपाली गीतले प्रायः म्यासेज दिइ रहेका हुन्छन् भन्ने उनको बुझाई रहेको छ । नेपाली गीत सङ्गीतको फाँटमा मोहम्मद वरिस खानले अझ इटा थप्न सकुन मेरो पनि यही शुभकामना । आफू पनि स्रोताहरुलाई आफ्नो आवाजले लोभ्याइ रहने र निराश हुन नदिने बाँचा गर्दछन् उनी । हेरौ उनले यस क्षेत्रलाई समृद्धि बनाउन कतिको योगदान पु¥याउने हुन त्यो त उनका आगामी क्रिएशनले प्रष्ट नै पार्ने छ ।