भारतीय सांसद होटलमा मृत फेला - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

भारतीय सांसद होटलमा मृत फेला



एजेन्सी । भारतका एक सांसद मृत फेला परेका छन् । लोकसभा सदस्य मोहन देलकर दक्षिण मुम्बईको एक होटलमा मृत फेला परेका हुन् ।

उनको शव होटल सी ग्रीनमा फेला परेको थियो । प्रहरीले उनी बसेको कोठाबाट गुजराती भाषामा लेखिएको सु-साइड नोट पनि भेटेको छ ।

उनको शव सोमबारै पोष्टमार्टमका लागि पठाइएको दैनिक भाष्करले जनाएको छ । ५८ वर्षीय डेलकर सन् २०१९ मा केन्द्र शासित प्रदेश दादरा र नगर हवेलीबाट स्वतन्त्र सांसदको रुपमा निर्वाचित भएका थिए ।

डेलकरको परिवारमा पत्नी कालाबेन डेलकर, दुई छोराछोरी अभिनव र दिविता रहेका छन् ।