अपराधमा मुछिँदै मनी चेन्जर - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अपराधमा मुछिँदै मनी चेन्जर



काठमाडौं- सिस्टम ह्याक गरी एटीएम बुथबाट झन्डै दुई करोड रकम लुटिएको घटनामा प्रहरी परिसर काठमाडौंले ५ चिनियाँ र एक चिनियाँ मूलका फ्रान्सेलीसँगै दुई नेपालीलाई नियन्त्रणमा लियो ।

भदौं १५ को यो घटनामा ठमेलको नेपालय मनी एक्सचेन्जका सञ्चालक देवनाथ लामिछाने र डेक्सो मनि एक्सचेन्जका सञ्चालक रोशन प्रधान श्रेष्ठ पक्राउ परेका छन् ।

यो घटनापछि देशभरका मनी चेन्जर र तिनको कमजोर नियमनको पाटो सतहमा आयो । हुन्डी, अवैध सुन र डलर तस्करीका घटनामा बेलाबखत तानिने मनिचेन्जरहरु यसपटक बैकिङ कसुरमा जोडिन पुगे ।

एटिएम ह्याक गरेर निकालिएको मध्ये २९ लाख ९९ हजार रुपैयाँ यी दुई मनिचेन्जरबाट साटिएको थियो । यो समाचार कान्तिपुर दैनिकमा जनकराज सापकोटा र यज्ञ बञ्जाडेले लेखेका छन् ।