‘मुग्लानी छातीमा देश दुख्छ…’ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

‘मुग्लानी छातीमा देश दुख्छ…’



काठमाडौं-चर्चित गायक राजसागर र गीतकार तथा सञ्चारकर्मी शुष्मा देवकोटाले नयाँ गीत सार्वजनिक गरेका छन् । कोरोना महामारीका कारण विदेशमा संकटमा रहेका परेका र स्वदेशमा अप्ठेरोमा परेका नेपालीहरूको भाव समेट्नेगरी तयार पारिएको गीत सार्वजनिक गरिएको हो ।

राजसागर र शुष्मा देवकोटाले ‘मुग्लानी छातीमा देश दुख्छ…’ को भिडियो युत्युबमार्फत सार्वजनिक गरेका छन् ।

यो गीतमा संगीत पनि गायक राजसागरकै रहेको छ । गीतको शब्द मार्मिक भएका कारण लकडाउनको अवस्थामा पनि रेकर्ड गरेर आफूहरूले युट्युबबाट रिलिज गरिएको राजले बताए । गीतको संगीत संयोजन सञ्जीव बराईले गरेका हुन् ।

प्राकृतिक विपत्ति, सीमा विवाद, दुर्गम क्षेत्रमा जनताले भोगेका पीडा, बालबालिका अपहरण र बलात्कारलगायतका विषयलाई समेटेर तयार गरेको गीतकार सुष्माले बताइन् । सुस्माका यसअघि तराना, चोखो माया, रंगियो तिजले जस्ता गीतिसंग्रह स्रोतामाझ आइसकेका छन् ।