श्रीमतिले हथौडा र खुकुरी प्रहार गरि श्रीमानको हत्या गरिन - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

श्रीमतिले हथौडा र खुकुरी प्रहार गरि श्रीमानको हत्या गरिन



बुटवल,११ पुस ।

रुपन्देहीको रुद्रपुरमा श्रीमतीले खुकुरी प्रहार गरि श्रीमानको हत्या गरेकी छन। रुद्रपुर २ पिपरी चापा फायरलाण्ड टोलमा बस्ने २४ वर्षिया शिला बुढाले श्रीमान २३ वर्षिय श्याम बुढालाई हथौडा र खुकुरी प्रहार गरि आज बिहान हत्या गरेको ईलाका प्रहरी कार्यलय रुद्रपुरले जानकारी दिएको छ ।

राती करिब १ बजे बाट सुरु भएको श्रीमान् र श्रीमतीको झगडामा श्रीमतीले हथौडा र खुकुरी प्रहार गर्दा श्रीमानको शरिर भरि चोट लागेको स्थानियको भनाई रहेको छ । स्थानियले प्रहरीलाई खबर पछि गम्भिर घाईते भएका श्याम बुढालाई बिहान २.३० बजे उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाईएको र उपचारको क्रममा बिहान मृत्यु भएको ईलाका प्रहरी कार्यलय रुद्धपुरका प्रहरी सहायक निरीक्षक राम बिलास यादबले जानकारी दिएका छन् ।

श्रीमती शिलाको दुबै हातमा गहिरो चोट लागेको भएकाले प्रहरीको नियन्त्रणमा लुम्बिनी अञ्चल अस्पतालमा उपचार भईरहेको प्रहरीले बताएको छ । घटनाको थप अनुसन्धान जारी राखेको प्रहरीको भनाई छ । उनीहरुले यही भदौ २ गते प्रेम बिवाह गरेको स्थानियले बताए।

निज श्याम बुढा कक्षा ११ मा पशुपती मावि सालझण्डीमा अध्ययनरत रहेको र श्रीमतीले सालझण्डीमा ब्युटि पार्लर ब्यवसाय गर्ने गरेको स्थानियको भनाई छ ।