५०० भन्दा बढी अभिभावक र विद्यार्थीको मुटु परीक्षण - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

५०० भन्दा बढी अभिभावक र विद्यार्थीको मुटु परीक्षण



फलेवास (पर्वत), पुस ११ गते । पर्वतको सदरमुकाम कुश्माबजारमा आइतबार सञ्चालित एक दिने निःशुल्क मुटुरोग परीक्षण शिविरमा ५०० भन्दा बढी अभिभावक र विद्यार्थीको मुटु परीक्षण गरिएको छ ।

कुश्मामा रहेको आदर्श माविमा विशेषज्ञ डाक्टरसहितको मुटुरोग शिविर सम्पन्न भएको हो । सो अवसरमा ५१५ जनाको मुटु परीक्षण गरिएको हो । निःशुल्क कार्डियो शिविरमा परीक्षण गरिएका मध्ये मधुमेहको १५० जना, इसिजी १४० जना, इको ११५ जना रहेको र जसमा कार्डियो रोगसँंग सम्बन्धित विशेष १०० जनाभन्दा बढी बिरामी परीक्षण गरिएको चिकित्सकले बताएका छन् । धेरै जना बिरामी सुगर, उच्च रक्तचाप भएका भेटिएको कार्डियोलोजिस्ट प्राडा श्यामराज रेग्मीले बताउनुभयो ।

भिगा फर्मास्युटिकल्स अनामनगर काठमाडौँद्वारा बिरामीलाई करिब रु दुई लाख बराबरको औषधिसमेत निशुल्क वितरण गरिएको थियो । शिविरमा मुटुको औषधि खाइरहेका, उच्च रक्तचाप भएकालगायत मुटुरोगसँंग सम्बन्धित बिरामीको उपचार भएको विद्यालयका प्रधानाध्यापक हिमबहादुर पौडेल क्षेत्रीले जानकारी दिनुभयो ।

सो अवसरमा डाक्टर सुवी रेग्मीले व्यक्तिगत रुपमा गुप्तेश्वर संस्कृत पाठशालाका विद्यार्थीलाई शैक्षिक सामग्री, आदर्श माविका विद्यार्थीलाई खेलकुद सामग्री प्रदान गर्नुभयो । विद्यालयले पूर्व विद्यार्थी सञ्चारकर्मी रामकृष्ण लामिछानेलाई नगद पाँच हजार ५५५ र सम्मान पत्रद्वारा सम्मान गरेको थियो । रासस