गुल्मेली गायिका मञ्जु पौडेल र गायक सन्तु थापाको तीजको कोसेली “नाई नाई भन्छ मायाले”बजारमा ( भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

गुल्मेली गायिका मञ्जु पौडेल र गायक सन्तु थापाको तीजको कोसेली “नाई नाई भन्छ मायाले”बजारमा ( भिडियो सहित)



समीर प्रकाश पाण्डे

नारीहरूको महान् चाड हरितालिका तिज नजिकिंदै गर्दा तीज गीतहरू बजारमा आउने क्रम जारी छ । यसै क्रममा चर्चित गल्मेली गायिका मञ्जु पौडेल र गायक सन्तु थापाको य‍स वर्षको तीजको कोसेली “ नाई बाई भन्छ मायाले ” हालै मात्र सार्वजनिक भएको छ ।

मौलिक भाका मा तयार परिएको गीतमा उनै गायक गायिका मञ्जु पौडेल र सन्तु थापाको समधुर स्वर रहेको छ भने शब्द शिव हमाल र भाका सङ्कलन सन्तुले नै गरेका छन् । पश्चिम नेपालका सुन्दर नगरी गुल्मी, पाल्पा, वुटवल जस्ता ठाउँ र त्यहाँ रहेका धार्मिक र पर्यटकीय स्थललाई समेत यो गीतका शब्दहरुमा समावेश गरिएको छ ।

यस्तै गीतको म्युजिक भिडियोमा निर्देशक तथा मोडल शङ्कर बि.सी र पछिल्लो समय चर्चामा रहेकी मोडल रिना थापा मगरको अभिनय रहेको छ । कृष्ण फिल्मस् एण्ड एड्भरटाईजिङ्गले निर्माण गरेको भिडियोलाई निर्देशन शङ्कर बि.सीले नै गरेका छन् भने राजेश घिमिरेको छायाङ्कनमा नवीन घर्ती मगरको सम्पादन रहेको छ । गीतलाई बि . एम .एस. फिल्मस् प्रा.लीले बजार व्यवस्थापन गरेको छ ।

https://youtu.be/REJDpGqSbIs