कांग्रेसको नयाँ अफरले राजनीतिमा तरङ्ग- अर्को गठबन्धन बन्ने सम्भावना - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कांग्रेसको नयाँ अफरले राजनीतिमा तरङ्ग- अर्को गठबन्धन बन्ने सम्भावना



काठमाडौं- नेपाली कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढाल्न लागि परेको छ । प्रधानमन्त्री बनाउने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीलाई अफर समेत गरेको छ । देउवाले आफ्ना विश्वासपात्रमार्फत पठाएको अफरमा राप्रपाले आधिकारिक रूपमा कुनै जवाफ दिएको छैन ।  

कांग्रेसले गरेको यो अफरले राजनीतिमा नयाँ तरङ्ग ल्याएको छ । आफूलाई आएको अफरबारे राप्रपा केही बोलेको छैन । राप्रपाका नेताहरूले भने सरकार बनेको यति छिट्टै आफूहरू अविश्वसनीय खेलमा नलाग्ने बताउन थालेका छन् । नेताहरूले राप्रपा हालको सत्ता गठबन्धनमै रहने बताएका छन् ।

राप्रपाका महामन्त्री धवल शमशेर राणाले अहिलेको गठबन्धन छोड्न नहुने बताएका छन् । उनले कांग्रेसले दिएको अफर अस्विकार गर्ने बताउँदै नयाँ सरकार बनेको छोटो समयमै अपरिपक्वता र अविश्वसनीय काम आफूहरूले नगर्ने बताएका छन् । अर्कातिर यो अफरले राप्रपामा पनि दुई धार देखिएको छ । केही नेताहरू यसले पार्टीलाई फाइदा हुने भन्दै सोचेर जवाफ दिने बताइरहेका छन् ।

सोच्नुपर्ने आवाज उठेपनि हालको गठबन्धन छोड्न नहुने भन्नेहरूको बहुमत छ ।एक नेताले राप्रपा राजनीतिक स्थिरताको पक्षमा रहेकाले पनि बलियो सरकार बनाउने र टिकाउने योजनामा रहेको बताएका छन् ।

तर प्रचण्ड नेतृत्वको सरकारमा जानेबारे राप्रपामा विमति भने देखिएको छ । विभिन्न माग राखेर लगातार संवादमा रहेको राप्रापालाई यो समयमा आएको अफरले भने नेताहरूलाई सोच्न बाध्य पारेको छ । कांग्रेसले प्रधानमन्त्रीसहित चार वटा मन्त्री र बागमती प्रदेशको मुख्यमन्त्री राप्रपालाई दिन सिने प्रस्ताव गरेको बताइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिने तयारी गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकार ढाल्ने खेलमा लागेको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्री अफर गर्दै नयाँ गठबन्धनको प्रस्ताव राखेपछि नया चहलपहल सोरू बएको छ ।

यसअघि देउवाले जसपा अध्यक्ष उपेन्द्र यादवलाई पनि भेटेका थिए । राप्रपाले साथ दिए एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्रबाहेकका दलहरू समेटेर बहुमत पुर्‍याउने कसरतमा देउवा छन् ।