नेकपामा थप तनाव: दुई अध्यक्षको वार्ता नहुने - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नेकपामा थप तनाव: दुई अध्यक्षको वार्ता नहुने



काठमाडौं- बुधबार नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच हुने भनिएको बैठक एकाए स्थगित भयो । बैठक स्थगित गरेर प्रचण्ड-नेपाल समुहले नेता तथा पत्रकार भेट गरेर प्रधानमन्त्री ओलीविरुद्ध अन्तिम लडाई लड्ने उद्घोष गरे । यस घटनाले नेकपा विवादले नयाँ मोड लिएको छ ।

दुवै पक्ष आफ्ना अडानमा टसमस नभएपछी संवादद्वारा नै समस्याको हल गर्ने, बाहिर केही नभन्ने समझदारी विपरीत प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ मैदानमा उत्रिएपछि ओली समूह अलग्गै रणनीति बनाउन जुटेको छ ।

तर पछिल्लो समय ओलीइतर समूहले भेला, छलफललाई तलतलसम्म लगिसकेका छन् । कोरोना सहज भएका जिल्लामा त्यस्ता गुट–विचार समूहका नाममा हुने भेलाले तीव्रता पाएको छ । ओली समूहले पनि त्यस्तै समानान्तर भेला बैठकको तयारी गरिरहेको छ ।

मदन भण्डारी फाउन्डेसनको ब्यानरमा जवाफी भेलाको योजना बनाइरहेको छ । काभ्रेपलाञ्चोक जिल्लामा अघिल्लो शनिबार त्यस्तै भेलाको आयोजना भयो । दुवै पक्ष आ–आफ्नो भेला, बैठकतर्फ अग्रसर भइरहँदा दुई अध्यक्षको संवाद फेरि अनिश्चित बनेको छ ।

अत्यन्त नाजुक अवस्थामा पुगेको पार्टी एकता बचाउन र सहमति गर्न भनि दुई अध्यक्षबीच बुधबारै साँझ वार्ता हुने भनिए पनि दिउँसोको भेलाले स्थगित गर्ने तहमा पु¥याएको थियो । बिहिबार बस्ने भनिएको बैठक पनि अनिश्चित बनेको छ ।

बालुवाटारले भने अव छलफल र वार्ताको औचित्य सकिएको निष्कर्ष निकालेको छ । यससंगै अब नेकपामा के हुन्छ भनेर विभिन्न अड्कलबाजी हुन थालेका छन् ।