नेकपाका नगर अध्यक्षमाथी लाग्यो ४५ लाख ठगीको आरोप - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नेकपाका नगर अध्यक्षमाथी लाग्यो ४५ लाख ठगीको आरोप



बुटवल — नेपाल कम्युनिष्ट पार्टी नेकपाका नगर अध्यक्ष विश्व कार्कीमाथी सरकारी जागीर लगाइदिने भनी पैसा असुलेको आरोप लागेको छ ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाका नगर अध्यक्ष कार्कीले लोकसेवा आयोग पास गराइदिने र नेपाल प्रहरीमा जागिर लगाइदिने भन्दै आफूहरुबाट ४५ लाख ३० हजार रुपैयाँ लिएको भनी पिडित पक्षले नेकपा जिल्ला कार्यलयमा निवेदन दिदैं रकम फिर्ता दिलाइदिन उजुरी दिएका हुन् ।

पिडितका अनुसार कार्कीले शिक्षकका लागि ४ लाख ५० हजार, स्वास्थ्य सेवाका लागि ३ लाख र प्रहरी जवानका लागि २ लाख ६० हजार रुपैयाका दरले रकम असुलेका थिए । रकम बुझाएपनि नाम ननिस्किएको र पटकपटक रकम माग्दा फिर्ता नभएको पीडितको दाबी छ ।
नेकपा कपिलवस्तुका अध्यक्ष झविलाल पोखरेलले मंगलबार बिहान उजुरी प्राप्त भएको बताउँदै निवेदकहरुसँग छलफल गरिने र कार्की दोषी देखिए कारवाही हुने बताए ।