नेपाल आदिवासी जनजाति महासङ्घ बेलायतले २३ औ विश्व आदिवासी दिवस भव्य रूपमा मनाउने - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नेपाल आदिवासी जनजाति महासङ्घ बेलायतले २३ औ विश्व आदिवासी दिवस भव्य रूपमा मनाउने



हिमाल पोस्ट /बेलायत, १५ असार 

नेपाल आदिवासी जनजाति महासङ्घ बेलायतको पाचौ बैठक सम्मपन्न भएको छ ।बेलायत स्थित अल्डरसट भेटघाट रेष्टुरेन्टको सभाहलमा सम्पन्न उक्त बैठक महासङ्घको अध्यक्ष तुल छन्त्यालको अध्यक्षतामा बसेको थियो ।  बैठकले आउदो २३ औँ विश्व आदिवासी जनजाति दिवसको बारेमा बृहत् छलफल समेत गरेको छ।

छलफलकै क्रममा बैठकले आउदो ६ अगस्ट आइतबारको दिन दिउसो १२ बजे देखि बेलुकी ८ बजे सम्म, बेलायत स्थित अल्डर्शोतको प्यालेस हलमा नेपाल आदिवासी जनजाति महासङ्घ बेलायत, नेपाल आदिवासी जनजाति महिला महासङ्घ बेलायत, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ बेलायतको संयुक्त आयोजना र नेपाल आदिवासी जनजाति महासङ्घ युकेको विशेष व्यवस्थापनमा २३ औ आदिवासी दिवस भव्य रूपमा मनाउने समेत निर्णय गरेको छ ।

कार्यक्रममा आदिवासी जनजाति महासङ्घ नेपालका पूर्व महाचाचिब तथा आदिवासी जनजाति अभियन्ता डा.ओम गुरुङ, विशिष्ट अतिथि नेपालका पूर्व वाणिज्य मन्त्री श्री विजय प्रकाश थेबे, र बेलायतको लागि नेपाली राजदूत, महामहिम श्री दुर्गा बहादुर सुबेदीको प्रमुख आथित्यमा सम्पन्न हुने महासङ्घ बेलायतका महासचिव कर्म पहाडी शेर्पाले जानकारी दिनुभएको छ ।

यसै गरी कार्यक्रमलाई थप व्यवस्थित बनाउन बैठकाले कार्य विभाजन समेत गरेको छ | कार्यविभाजनमा नेपाल आदिवासी जनजाति महसंघ युकेलाइ व्यवस्थापनको जिम्मा दिइएको छ । भने नेपाल आदिवासी जनजाति महिला महासङ्घ बेलायतलाइ अतिथि सत्कार साथै दोस्रो चरणको कार्यक्रम साँस्कृति झाकी प्रस्तुति सञ्चालन गर्ने, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ बेलायतलाइ २३ औँ विश्व आदिवासी दिवसको लागि तत्काल बृहत् प्रचार प्रसार गर्ने र आवश्यकता अनुसार सयोग गर्ने जिम्मा दिइएको छ।

बैठकाले नेपाल आदिवासी जनजाति महासङ्घ बेलायतको तत्कालीन र दीर्घकालीन आर्थिक नीति माथि समेत छलफल गर्दै सङ्घमा आर्थिक थप मजबुत बनाउन महासङ्घमा आबद्ध सबै जातीय संस्थाबाट तत्कालको लागि कम्तीमा £300 महासंघलाइ सहयोग गर्ने £300 भन्दा माथि सो इछ्याले सहयोग गर्ने र महासङ्घको आउदो तेस्रो अधिवेशनबाट दीर्घकालीन आर्थिक नीतिको विषयमा विधान संशोधन गरी कार्यसमिति लाई मासिक दर £10 र सदस्य संस्थाबाट वार्षिक £100 देखि £250 सम्म लेभीको व्यवस्था गर्ने निर्णय समेत निर्णय गरेको छ ।

साथै महासङ्घले बेलायतबाट प्रवास समन्नय समिति गठनको माग साथै विश्व आदिवासी संरचनाको पहल गर्नको लागि अबधारणन पत्र तयार गरी नेपाल आदिवासी जनजाति महासङ्घ नेपाललाई पठाउने निर्णय गरेको छ | यसको अलावा महासङ्घको तेस्रो अधिवेशन यही मार्च १७ तारिक सन् २०१८ शनिवारको दिन गर्ने, अधिवेशनमा नेपाल आदिवासी जनजाति महासङ्घ नेपालका केन्द्रीय अध्यक्षलाई प्रत्यक्ष उपस्थिति गराउने बेलायतका सबै जातीय सङ्घ संस्था र सम्पूर्ण आदिवासी समुदयको उपस्थिति गराइ जातीय संस्था बिचको समन्नय आदिवासी बिषयक अन्तरक्रिया कार्यक्रम वार्षिक रूपमा गर्ने समेत निर्णय गरेको आदिवासी जनजाति महासङ्घ बेलायतका महासचिव कमान सिङ् कर्मा पहाडी शेर्पाले जानकारी दिनु भयो |