नेपाल आइडलको विजेता बने बुद्ध लामा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नेपाल आइडलको विजेता बने बुद्ध लामा



समीर प्रकाश पाण्डे

गायनमा आधारित रहेको रियालिटी सो नेपाल आइडलको विजेता बुद्ध लामा बनेका छन् । विजेता सँगै बिस लाख नगद र महेन्द्रको केयुभि १०० गाडी पाएका छन् ।

उनी नेपालको पहिलो नेपाल आइडल बन्न सफल भएका हुन् । २० वर्षका बुद्ध पोखराका हुन् । पुर्खोली घर धादिङ भएता पनि बुद्ध आफ्नो परिवारसँगै पोखरामा बस्दै आइरहेका छन् ।
त्यस्तै नेपाल आइडलको फस्ट रनअप भने निशान भट्टराई बनेका छन् उन्ले पन्ध्र लाख नगद प्रप्त गरेका छन् । मोरङका निशान केही समय देखि काठमाडौँमा बसोबास गर्दै आइरहेका छन् ।

नेपाल आइडलको दावेदार रहेका निशान दोस्रो बनेका हुन् । निशानसँगै अर्का प्रतिस्प्रर्धी प्रताप दास सेकेण्ड रनरअप भएका छन् उन्ले दस लाख नगद प्रप्त गरेका छन् । उनले नेपाल आइडलको तेस्रो उपाधि जितेका हुन् । नेपाल आइडलको ग्राण्ड फिनाले कतारको दोहामा भव्यताका साथ सम्पन्न भएको हो ।


तस्बिर: – विष्णु अधिकारी