दसैँ तिहार गीत नेपाल जान मन लाग्योनी (भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

दसैँ तिहार गीत नेपाल जान मन लाग्योनी (भिडियो सहित)



गायक तथा सङ्गीतकार खेम सेन्चुरीको सङ्गीतमा रहेको नयाँ दसैँ गीत “नेपाल जान मन लाग्योनि’ सार्वजनिक भएको छ ।

गीतमा चर्चित गायक अनीश दवाडीको र गायिका सम्झना भन्डारीको स्वर रहेको छ भने गीतको शब्द रचना सुस्मा राईले गरेकी छिन् । सङ्गीत गायक तथा सङ्गीतकार खेम सेन्चुरीले गरेका हुन्।

परदेशीका कथामा तयार पारिएको उक्त म्युजिक भिडियोको निर्देशन मौसम हिमालिले गरेका हुन ।
त्यस्तै भिडियोमा अभिनय धुर्ब हिमाली, सम्झना भण्डारी, खेम सेन्चुरी ,विमल श्रीपाली र श्रीस्टी श्रेष्ठको रहेको छ भने भिडियो छायाङ्कन राजेश घिमिरे र सम्पादन प्रबिन भट्टले गरेका हुन्।

गीतको भिडियो अत्यन्तै मार्मिक रहेको छ। गीतमा परदेशबाट दसैँमा आफ्नो घर अनि देश आउन नपाउँदाको पिडा पोखिएको छ ।