कोरोना संक्रमण: भारतभन्दा नेपाल बढी जोखिममा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कोरोना संक्रमण: भारतभन्दा नेपाल बढी जोखिममा



काठमाडौँ- नेपालमा कोरोनाको संक्रमण नियन्त्रण बाहिर जान लागेको चर्चा भैरहेको बेला अमेरिकास्थित जोन हप्किन्स विश्वविद्यालयले भारतभन्दा नेपाल बढी जोखिममा रहेको बताएको छ । पछिल्ला केहिदिनका आंकडाले यसको संकेत पनि गरेको छ ।

बुधबार मात्रै ८ हजार ६ सय ५९ नयाँ संक्रमित थपिएका छन् भने ५८ जना संक्रमितको मृत्यु भएको छ । जोन हप्किन्स विश्वविद्यालयले पूर्वी एसिया र दक्षिण एसियाली देशहरूमा लाओसपछि नेपाल उच्च जोखिममा रहेको उल्लेख गरेपछि त्रास झनै बढेको छ ।

नेपालमा अहिले धेरैजसो जिल्लाहरूमा निषेधाज्ञा लगाइए पनि जोखिम भने कायम नै रहेको देखिएको छ । पछिल्लो साताको मात्र संक्रमणदर हेर्ने हो भने पनि भारतमा भन्दा नेपालमा धेरै जोखिम रहेको देखिन्छ ।भारतमा कोभिड-१९ संक्रमण ५१६ प्रतिशतले संक्रमित बढेका छन् भने नेपालमा १,६४५ प्रतिशतको वृद्धि छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अझै केही साता संक्रमण तीव्र हुनेछ । मन्त्रालयले असारसम्म दैनिक ११,००० को संख्यामा नयाँ संक्रमित आउनसक्ने र त्यसपछि नयाँ संक्रमणको दर क्रमशः ओरालो लाग्ने प्रक्षेपण गरेको छ ।