...त्यसपछि कड्किए माधव नेपाल - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

…त्यसपछि कड्किए माधव नेपाल



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक हालसम्मकै तिक्ततापूर्ण बनेपछि पार्टी र नेतृत्व संकटमा देखिएको छ । शीर्ष नेताहरुबीच चर्काचर्की परेर सकिएको मंगलबारको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पूर्ण अल्पमतमा परेका छन् ।

पार्टी महासचिव विष्णु पौडेलले मात्रै प्रधानमन्त्री ओलीको पक्षमा बोलेको र अरू सबै सदस्यले भने प्रचण्ड-नेपालको पक्षमा बोलेपछि ओली झनै संकटमा देखिएको स्रोतले बताएको छ

बैठकमा टेन शिर्ष नेताहरूबीच घम्साघम्सीको अवस्था आएको बताइएको छ । बैठकमा पहिले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच विवाद देखिएको थियो । आफ्नो बोल्ने पालो आएपछि वरिष्ठ नेता माधवकुमार नेपालले पनि ओलीप्रति आक्रोश व्यक्त गरेका थिए ।

नेपालले पार्टी फुटाउने सपना नदेख्न ओलीलाई चेतावनी पनि दिएको स्रोत बताउँछ । स्रोतका अनुसार पार्टी विभाजन हुने अवस्था आएमा पूर्वएमाले एकैठाउँमा हुने कुरा नसोच्न ओलीलाई चेतावनी दिएको स्रोतले जानकारी दियो ।

नेता खनालले भने, ‘यो मित्रतापूर्ण अन्तरविरोध नै हो। दुश्मनीपूर्ण हुँदै होइन। अन्तरविरोधलाई दुश्मनीपूर्ण बनाउने, त्यस्तो ठान्ने र पार्टी फुटाउँछु भन्ने को हो ? पार्टी कसले फुटाउँदो रहेछ हेरौं त ? पार्टी कसको सम्पत्ति हो ? पार्टी फुट्छ र पूर्वएमाले एकातिर, पूर्वमाओवादी अर्कातिर हुन्छ भन्ने कसैले नसोचे हुन्छ। रामकृष्ण अधिकारीले अन्नपूर्णमा लेखेका छन्।’