नेपालबाट अस्ट्रेलिया गएका विद्यार्थीलाई कोरोना भएको पुष्टि - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नेपालबाट अस्ट्रेलिया गएका विद्यार्थीलाई कोरोना भएको पुष्टि



काठमाडौं- नेपालबाट अस्ट्रेलिया गएका एक युवामा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ ।

अस्ट्रेलियाको तास्मानिया पुगेका युवामा कोरोना भाईरसको संक्रमण देखिएको हो । उनको परिचय भने गोप्य राखिएको छ ।

२० वर्षका ती युवक गत फेव्रवरी २६ मा सिंगापुर र सिड्नी हुदै तास्मानिया पुगेका थिए । शनिवार ती युवकमा कोरोना संक्रमण भएको रिपोर्ट आएको हो ।

उनको रोयल होवार्ट अस्पतालमा आईसोलेसनमा राखेर उपचार भईरहेको छ । यससँगै तास्मानिया २ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।

शुरुमा उनमा रुघा र ज्वरोको लक्षण देखिएको थियो । सामान्य रुघाखोकी भनेर नियमित काममा जुटेका उनी केहिदिनपछि स्वास्थ्य परीक्षण गर्दा कोरोनाको संक्रमण भएको पाइएको हो ।

चिकित्सकले उनलाई परीक्षणको नतिजा नआउन्जेल सेल्फ आईसोलेसनमा बस्न निर्देशन दिएका थिए । तर, ती युवकले चिकित्सकको कुरा अटेरगरि काम र कलेज जाने क्रम जारी राखेका थिए ।

शनिवार कारोना संक्रमण पुष्टि भएपछि उनले पढ्ने कलेज र काम गर्ने होटलमा पनि सरेको हुनसक्ने भन्दै स्वास्थ्य अधिकारीहरुले अनुसन्धान शुरु गरेको एबीसीले जनाएको छ।

उनीसँगै बस्ने चार जना र अन्य तीनजना साथीलाई १४ दिन क्वारेन्टिनमा राखिएको छ । यो घटनासंगै विदेशबाट आउनेलाई परीक्षण गरिने आधारहरु थप कडा बनाईने तास्मानिया सरकारले जनाएको छ ।