नेसास दक्षिण कोरियाको पाँचौ वार्षिकोत्सव सम्पन्न - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नेसास दक्षिण कोरियाको पाँचौ वार्षिकोत्सव सम्पन्न



सौल,मे १५ 

नेपाली साहित्य समाज(नेसास), दक्षिण कोरियाको पाँचौ वार्शिकोत्सव भव्य रूपमा आइतबार सम्पन्न भएको छ। वार्सिकोत्सव समारोहबाट यल्जी विवशको अध्यक्षतामा १७ सदस्यीय नेसास,दक्षिण कोरियाको पुनर्गठन समेत गरिएको छ।

आइतबार ११ बजेबाट सुरु भैइ थेगुको तारा रेस्टुरेन्टमा सम्पन्न भएको उक्त कार्यक्रमको सभापतित्व नेसास निबर्तमान
अध्यक्ष धरती कल्पनाले गर्नुभएको थियो भने कोरियाका चर्चित कोरियन कवि किम ह्यं ह्यू प्रमुख अतिथि रहनुभएको थियो।त्यसै गरी विशिष्ट अतिथिको रूपमा साहित्यकार एवं समाजसेवी डा. रोशन पौड्याल र अतिथिमा मानवाधिकारकर्मी, समाजसेवी एवं गीतकार/सङ्गीतकार चन्द्र लामा अनुराग रहनुभएको थियो।

नेपाली साहित्यको लागी आफू सधैँ कटिबद्ध भएर लागिरहेको जानकारी गराउँदै कोरियन कवि किम ह्यङ ह्यूले साहित्यको आदर्श साहित्यकारहरुले व्यवहारमा पनि उतार्नुपर्ने कुरा व्यक्त गर्नुभयो। उहाँले समयको महत्त्व बुझेको कारण नै कोरिया समृद्ध भएको आशय पनि प्रकट गर्नुभएको थियो । त्यसै गरी अर्का व्यकित्व डा. रोशन पौड्यल शर्माले साहित्य भनेको हृदयलाई प्रफुल्ल बनाउने विषय हो भन्ने कुरा व्यक्त गर्दै साहित्य सेवाप्रती आफू सधैँ प्रतिबद्ध रहेको जानकारी दिनुभयो।

उक्त कार्यक्रमबाट नबनिर्वाचित अध्यक्ष यल्जी विवशले नेसास दक्षिण कोरियाको स्थापना,इतिहास र वर्तमान गतिबिधिहरुमाथी प्रकाश पार्नुभयो।कोरियामा नेपाली साहित्यको लागी स्थापित संस्थाहरुमध्ये नेसास सबैभन्दा पुरानो संस्था भएको उल्लेख गर्दै विवशले नेसासद्वारा नेपाली साहित्यको लागी महत्त्वपूर्ण कार्यहरू भैइरहेको जानकारी गराउनुको साथै आफ्नो कार्यकालमा नेपाली साहित्यलाई थप उचाइमा पुर्‍याउन आफू प्रतिबद्ध भएको राय प्रकट गर्नुभयो।सिघ्ररुपमा नेसासले एउटा बृहत् कार्यक्रम गर्ने जानकारी दिदैं कवि विवशले चाँडै नेसास साहित्य पुरस्कारको स्थापना गरिने घोषणा समेत गर्नुभयो।

कार्यक्रममा स्वागत मन्तव्य साहित्यकार विष्णु वाग्लेले दिनुभयो भने गजलकार सन्जय घिमिरेको आकर्षक उद्घोषणमा सम्पन्न भएको कार्यक्रममा बोल्दै अर्का अतिथि चन्द्र लामा अनुरागले नेसास को स्थापनाले कोरियामा साहित्यिक गतिविधि बढेको कारण साहित्यकार एवं स्रस्टाहरु दिनदिनै बढिरहेको जानकारी गराउनुभयो स्वयम् पनि नेसासकै छत्रछायामा आजको यो स्थान हाँसिल गर्न सफल हुनुभएको जानकारी गराउनु भयो। अन्त्यमा साहित्यकार एवं निबर्तमान नेसास अध्यक्ष धरती कल्पनाले नयाँ समितिलाई शुभकामना व्यक्त गर्दै आफ्नो कार्यकालमा भएका राम्रो कार्यक्रमको सफलतामा सहकर्मिहरुको हात र साथ महत्त्वपूर्ण रहेको जानकारी दिनुभयो।
कार्यक्रमको दोस्रो चरणमा डेढ दर्जन स्रस्टाहरुले आफ्नो समसामयिक सृजनाहरू पाठ गर्नुभयो।रचनावाचन गर्नेहरुमा छबिशित कुलुङ,राज सुबेदी,शकुन आँसु,प्रमोद गौतम, चन्द्र लामा अनुरागले गजल,दिपेन्द्र भट्टराई,सन्जय घिमिरे,देबेन्द्र खत्रीले मुक्तक र धरती कल्पना,यल्जी विवश,सुरज तामाङ,विष्णु वाग्ले आदिले कविता वाचन गर्नुभयो भने नवगायक आशिष् लिम्बुले आफ्नो गीत प्रस्तुत गर्नुभयो, उक्त कार्यक्रममा धरती कल्पना र चन्द्र अनुराग लामाको नयाँ गीतको भिडियो समेत सार्वजनिक गरिएको थियो।कार्यक्रम करिब तीन घन्टासम्म चलेको थियो।

नेसास,कोरियाको नवनिर्वाचित कार्यसमिति

१)अध्यक्ष :-यल्जी विवश
२)उपाध्यक्ष(सौल):- दिपेन्द्र भट्टराई
३)उपाध्यक्ष(थेगु) :-विष्णु वाग्ले
४)सचिव :-सन्जय घिमिरे
५)सहसचिव :-छबिशित कुलुङ
६)कोषाध्यक्ष :-शकुन आँसु
—सक्रिय सदस्यहरू:-

७)मिलन किराँती
८)सन्तोष अम्गाई
९)सुरज तामाङ
१०)खिम खड्का
११)विनोद गैरे
१२)समीर कार्की
१३)देबेन्द्र खत्री
१४)शरद थापा मगर
१५)भोजराज जैशी
१६)मेयरमान तामाङ
१७)निशान तामाङ

सल्लाहकार समिति

प्रगति राई /किम ह्यङ ह्यू /डी.आर.अटु / मिलनकान्छा किरातीँ/चन्द्र लामा अनुराग/ धरती कल्पना(संयोजक)

प्रेस विभाग

उमेश शेरालुङ /डम्बर सुब्बा / उमेश घिमिरे / लिलु डुम्रे
ऐश्वर्य श्रेष्ठ(सयोंजक)