कस्ता निर्दयी बाबु : एक वर्षीय छोरा बेचेर फोन र रक्सी किन्ने - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कस्ता निर्दयी बाबु : एक वर्षीय छोरा बेचेर फोन र रक्सी किन्ने



३० भाद्र/भारत 

आफ्नो सन्तान सबैलाई कति प्रिय हुन्छ । तर, छिमेकी मुलुक भारतको ओडिसास्थित भद्रक सहरका एक व्यक्तिले भने आफ्नै छोरालाई बेचेर फोन किनेका छन् । पाण्डिया मुखी नाम गरेका ती व्यक्तिले आफ्ना एकवर्षका छोरालाई २५ हजार भारुमा बेचेको खुलेको छ ।

निःसन्तान दम्पतिलाई ती छोरा बेचेपछि प्राप्त रकमबाट उनले मोबाइल फोन, गहना, कपडा खरीद गरे भने बाँकी रकम रक्सीमा खर्च गरे ।

घटना सार्वजनिक भएपछि प्रहरीले अभियुक्त बाबु र अर्का एक छिमेकीलाई समेत पक्राउ गरेको छ । प्रहरीले विक्री गरिएको बच्चाको सकुशल उद्दार गरी बच्चाको आमालाई जिम्मा लगाएको छ । बच्चा बेच्ने र बेच्नमा सघाउने छिमेकीलाई अदालतको आदेशले जेल चलानको फैसला सुनाएको छ ।

बच्चा खरिद गर्ने सोमनाथ सेठी दम्पतीले एक दलाललाई बच्चा खरिदका लागि ४५ हजार भारु दिएका थिए । दलालले मुखीलाई २५ हजार दिएको थियो । सेठी दम्पतीको आफ्नो सन्तान केही वर्षपहिला दुर्घटनामा आफ्नो सन्तान गुमाएका थिए ।