निर्दयी छोरो जसले आफ्नै आमाको चौथो तल्लाबाट धकेलेर हत्या गर्यो (भिडियो सहित) « Himal Post | Online News Revolution
Logo

निर्दयी छोरो जसले आफ्नै आमाको चौथो तल्लाबाट धकेलेर हत्या गर्यो (भिडियो सहित)



नयाँ दिल्ली : भारतको राजकोटस्थित एक अपार्टमेन्टको चौथो तल्लाबाट छोराले आमालाई धकेलेर हत्या गरेको एक भिडियो सार्वजनिक भएको छ। राजकोटस्थित दर्शना अपार्टमेन्टको चौथो तल्लाबाट छोराले ६५ वर्षीया आमालाई धकेलेको भिडियो इन्डिया टुडे टेलिभिजनले सार्वजनिक गरेको हो।

सिसिटिभी फुटेजमा सन्दिप नाम गरेका ती युवकले आमालाई आफु बस्दै आएको अपार्टमेन्टबाट बाहिर निकालेर लिफ्टसम्म लगेको प्रष्टरुपमा देखिन्छ। सन्दिपले छतमा जाँदा आमालाईसँगै लिएर जान्छन् र केहिबेर पछि एक्लै फर्किन्छन्।

उ कोठामा पुगेको केही बेरमै एक युवक उनको अपार्टमेन्टमा आएर आमाले छतबाट खसेर आत्मा हत्या गरेको कुरा सुनाउँछन्। उनले नाटक गरेर आमा खसेको ठाउँमा जान्छन्।

सुरुमा राजकोट प्रहरीले पनि आत्महत्या गरेको पुष्टि गर्‍यो। तर, पछि राजकोट प्रहरीले अनुसन्धानका क्रममा ती ६४ वर्षीया महिलाको हत्या भएको बताए। प्रहरीले भने, ‘महिलालाई हिँडडुल गर्न अरूको सहारा चाहिने रहेछ।’ महिलाको हत्या भएको दिनको फुटेज हेर्दा उनले आत्महत्या नभई छोराले छतबाट खसालेको प्रहरीले जानकारी दिए।

आमाको हत्याको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ।यस घटनाबारे थप अनुसन्धान भइरहेको राजकोट प्रहरीले जनाएको छ।