स्पष्टीकरण सोध्छ, कारवाही गर्दैन आयोग - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

स्पष्टीकरण सोध्छ, कारवाही गर्दैन आयोग



काठमाडौं-

निर्वाचन आयोग आचारसंहिता उल्लंघनसम्बन्धी परेका उजुरीमाथि कारबाही नगरी स्पष्टीकरण सोधेर पन्छिने गरेको खबर आजको नयाँ पत्रिकामा छ ।

आयोगमा दर्ता भएका ६५ उजुरीमध्ये अहिलेसम्म एउटामा पनि कारबाही भएको छैन । आयोगले स्पष्टीकरण सोधेका दलका नेता र विभिन्न संस्थाले ‘आफूहरूले आचारसंहिता उल्लंघन नगरेको र आचारसंहिता पालना गर्न प्रतिबद्ध रहेको’ भन्दै एकै प्रकृतिको रेडिमेट जवाफ दिने गरेका छन् ।

आयोगमा दर्ता भएका उजुरीमध्ये ४१ वटामा जवाफ मागिएको र २४ वटा उजुरीका सम्बन्धमा केही गर्नु नपर्ने भन्दै टुंगो लगाएको छ ।

शीर्ष नेताविरुद्ध उजुरी छैन
आयोगमा निर्वाचन आचारसंहिता उल्लंघन गरेका सामान्य उजुरी मात्रै पर्ने गरेका छन् । अहिलेसम्म शीर्ष नेताहरूको हकमा उजुरी नपरेका आयोगका प्रवक्ता ढकालले जानकारी दिए । स्पष्टीकरण सोधिएका व्यक्ति र संस्थाबाट पनि आफूहरूले आचारसंहिता उल्लंघन नगरेको भन्दै जवाफ दिएपछि आयोगले छोडिदिने गरेको छ ।