गम्भीर सङ्कटमा नेकपा: नारायणकाजीले गरे यस्तो खुलासा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

गम्भीर सङ्कटमा नेकपा: नारायणकाजीले गरे यस्तो खुलासा



काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा भैरहेको कचिङ्गलक कारण कोरोनाको महामारी समेत छायाँमा परेको छ । विभिन्न अड्कलबाजी भएपनि यसै हुन्छ भन्नेबारे स्वयं नेकपाकै केन्द्रीय नेताहरू समेत अनविज्ञ छन् ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीमा ठुलै सङ्कटको सङ्केत गर्दै केहिदिन अगाडी १२ घन्टाको अन्तरमा गरेका २ वटा ट्वीटले नेकपा तरंगित बनेको थियो । यसैबीच श्रेष्ठले फेरी नेकपालाई फुट र विसर्जनको खतराबाट बचाउन आव्हान गरेका छन् ।

बुधवार बसेको नेकपा सचिवालयको बैठकको बीचमै प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओली उठेर हिँडे पछि बैठक बिना निष्कर्ष टुङ्गिएको थियो ।बुधवारको सचिवालय बैठकले २५ गते डाकिएको स्थायी समिति बैठकका एजेण्डा तय गर्ने भनिएको थियो ।

प्रवक्ता श्रेष्ठले गरेको ट्वीटमा बुधवारको बैठक र त्यस यता बसेका शीर्ष नेताहरुका छुट्टाछुट्टै बैठकहरुले निकाले निष्कर्षका गन्ध नेकपा पार्टी फुट र विसर्जनको बाटो तिर त जाँदै छैन भन्ने आशंका पैदा गराएको छ ।

प्रवक्ता श्रेष्ठ अगाडि लेख्छन्, ‘ आ-आफ्नो ठाँउबाट भुमिका खेलौँ,योगदान गरौं। पार्टी एकता र देश तथा जनताको पक्षमा सरकारको सफलता हाम्रो आजको केन्द्रीय कार्यभार हुन् । नीजि स्वार्थ त्यागौं,यो काम पुरा गरौं।’ उनले एकता र रुपान्तरणको पक्षमा उभिनका लागि आ–आफ्ना स्थानबाट भूमिका खेल्न पनि आव्हान गरेका छन् ।

यसअघि श्रेष्ठले बैशाख २० गते बसेको सचिवालय बैठकले निकालेको निष्कर्षबाट बिचलित भए पुनः संकट निम्तिने चेतावनी पनि दिएको थिए । बैशाख २० गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले सरकार सञ्चालनमा आफ्नो कमजोरी भएको भन्दै अब पार्टीको सल्लाहमा सरकारका कामकारबाहीलाई अगाडि बढाउने भन्दै सहभागी सहदस्यहरुमाझ आत्मालोचना गरेका थिए ।

सोही बैठकमा प्रम ओलीले स्थायी समितिको बैठकको मिति समेत तय गरेका थिए । उक्त बैठकमा उनले गरेका प्रतिवद्धताबाट ओली ‘ब्याक’ भएको तर्फ प्रवक्ता श्रेष्ठको ट्वीटको संकेत थियो ।

लगातारको कचिङ्गलका कारण नेकपा भित्र ठुलै दुर्घटना हुने सङ्केत देखिएकै बेला पार्टीकै प्रवक्ताले गरेका आशंकाले पार्टीका नेता र कार्यकर्ता ससंकित बनेका छन्

यो पनि:

नारायणकाजीको ट्वीटले नेकपाभित्र हङ्गामा