एनका र एनआरएनए साउथ अस्ट्रेलियाको सहकार्यमा कर्पोरेट कप आयोजना हुदै - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

एनका र एनआरएनए साउथ अस्ट्रेलियाको सहकार्यमा कर्पोरेट कप आयोजना हुदै



एडीलेड नेप्लिज क्रिकेट एशोसीयसन (एनका) र एनआरएनए साउथ अस्ट्रेलियाको सहकार्यमा कर्पोरेट कप आयोजना हुने भएको छ । यहि मार्च २८ तारिक आईतबारको दिन एडीलेडको भिक्टोरिया पार्क ओभलमा बिहान ८ बजे देखी हुने सुपर सिक्स ए साईड क्रिकेट टुरनामेन्टमा साउथ अस्ट्रेलियामा रहेका नेपाली कर्पोरेट हाउसहरुको सहभागिता रहने एनआरएनए साउथ अस्ट्रेलियाका संयोजक नबिन पन्तले बताए।

करिब १२ टिम सहभागी हुने अपेक्षा राखिएको उक्त क्रिकेट टुरनामेन्टका हरेक खेलहरु ५ ओभरका हुनेछन भने ६ खेलाडीहरुले खेल्ने छन। कार्यक्रममा महिलाहरुको टीम एनका सनसाइन र एनआरएनए नारी निकुञ्ज साथै एनका जेम्स रेड र ब्लुको बिच मैत्रीपूर्ण खेल समेत रहेको एनका अध्यक्ष विजय जोशीले बताए। कार्यक्रमको बारेमा थप्दै जोशीले भने ” एनकाले सन २०१५ देखी नै सुपर सिक्स ए साईड क्रिकेट टुरनामेन्ट आयोजना गर्दै आएको हो तर यस वर्ष हामीले एनआरएनए साउथ अस्ट्रेलियासँग सहकार्य गर्दै यस टुरनामेन्टलाई भव्य रुपमा अगाडी बढाउदै छौ। ” भबिष्यमा कर्पोरेट कपलाई अझै ठुलो आकार दिदै लैजान सकेमा साउथ अस्ट्रेलिया कै प्रतिष्ठित प्रतियोगिता हुन सक्ने सम्भावना रहेको समेत जोशीले बताए । खेल , संगित सहित अन्य मनोरञ्जनका कार्यक्रमहरु समेत राखिएको बताउदै साउथ अस्ट्रेलियामा बस्ने सम्पूर्ण नेपालीभाषीहरुलाई कार्यक्रममा सहभागी हुन एनका र एनआरएनए साउथ अस्ट्रेलियाले अनुरोध गरेको छ।