प्रधानमन्त्री ओलीले विज्ञहरुलाई बालुवाटार बोलाए - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रधानमन्त्री ओलीले विज्ञहरुलाई बालुवाटार बोलाए



काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विज्ञहरुसँग छलफल गर्ने भएका छन् । लकडाउनको मोडालिटीसहितका विषयमा छलफल गर्न उनले विज्ञहरूसंग छलफलको तयारी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले छलफलका लागि विज्ञहरुलाई बुधबार अपराहन्न चार बजे बालुवाटार बोलाएका हुन् । आर्थिक, सामाजिक, स्वास्थ्यलगायत क्षेत्रका २५ जना विज्ञलाई उनले छलफलका लागि बालुवाटार बोलाएका छन् ।

उक्त छलफलपछि मात्रै लकडाउनको मोडालिटीबारे निर्णय लिइने बुझिएको छ।

सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जेठ ३२ गतेसम्म लककडाउन लम्ब्याए पनि नेपालमा संक्रमितको संख्या बढिरहेको छ । यद्यपि लकडाउनको मोडालिटी परिवर्तन गर्न र आर्थिक गतिविधि सुरु गर्न सरकारमाथि दबाब परिरहेको छ।