सभामुख छाडेपछि निकै मलिन देखिए ओली... - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सभामुख छाडेपछि निकै मलिन देखिए ओली…



काठमाडौँ- आफ्ना अडानमा टसमस नहुने प्रधानमन्त्री केपी शर्मा ओली एकाएक सभामुख जस्तो महत्वपूर्ण पद छाड्न बाध्य भएका छन् ।

सामान्य अनुमानमा पनि पछिल्लो समय शक्तिसंघर्षमा पछाडी परेका ओलीसँगको बहुमतको दम्भ पनि कम हुँदै गैरहेको छ ।

एकातिर महरालाई एमसीसी सम्झौताकै कारण फसाइएको रोष पूर्वमाओवादीलाई छ भने अर्कोतिर ओलीले दिने पटक पटकको धोकाले घाउ परिसकेको छ ।

चार महिनादेखि जुङ्गाको लडाई बनेको सभामुखको बिषयमा प्रचण्डले बाजीमात्र मारेनन, ओलीको अडानलाई पनि मारे । ओलीका बफादारलाई सभामुख बनाउने उनको सोंचलाई पनि मार्न सफल भए ।

यतिसम्म पेचिलो बन्यो कि सभामुखको बिषय, कतिपयले पार्टी नै फुट्न सक्ने आँकलन समेत गरे । अहिले देखिएको नेकपा भित्रको दृश्यमा ओली छाँयामा परेका छन् ।

त्यतिमात्र होइन सभामुखको निर्णयमा आफू ब्याक भएर प्रचण्डलाई दिएपछिको उनको अनुहार पनि निकै मलिन देखिएको नेकपाकै एक नेताले बताए । ‘निकै मलिन हुनुभयो, अहिलेसम्म उहाँलाई यस्तो देखेको थिइन’ ति नेताले भने ।

एकातिर प्रचण्डले वामदेवको घरमै बैठक राखेर प्रधानमन्त्री ओलीमाथि धावा बोलेका थिए भने अर्कोतिर चार महिनासम्म अडान लिएको पद छाड्नुपर्दा ओलीलाई पिडा भएको पार्टीकै नाताहरू बताउँछन ।

एकतापश्चात अहिलेसम्म पनि एकलौटी जस्तै पार्टी र सरकार चलाएका ओलीले सबामुख गुमाउनुले पार्टीको तल्लो तहसम्म ओली कम्जोर भएको संदेश प्रवाह भएको छ । यसले अबका दिनमा हुने परिणाम ओलीइतरमा हुने संकेत पनि गरेको छ ।

पार्टीका नेताहरुबाट मात्रै नभई नागरिकस्तरबाट समेत एकपछि अर्को मुद्दामा घेराबन्दी परेका ओलीले पूर्व सहमति अनुसार पूर्व माओवादीलाई सभामुख नदिने अडान लिंदै यो विवाद बहुमतबाट टुंगो लगाउने धम्की पार्टीभित्रकै प्रभावशाली नेताहरुले दिएका थिए, केही दिन अघि।

सभामुखका मामिलामा भोटिङ हुँदा आफू पराजित हुने देखेपछि मात्रै ओली आफ्नो अडानबाट पछि हटेका हुन्।

स्रोतका अनुसार पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नेता वामदेव गौतमको निवासमा भएको बैठक बसेपछि ओली सबैभन्दा धेरै झस्किएका थिए।

त्यसलगत्तै उक्त बैठकमा सामेल नेता नारायणकाजी श्रेष्ठलाई बोलाएर त्यसबारे विवरण माग गर्दै आफूलाई कसैले पनि एक्लो पार्न नसक्ने चेतावनी दिएपनि अन्तत : ओली आफू अल्पमतमा पर्ने सम्भावना बढी देखेपछि पूर्व माआवादीबाट अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउन तयार भएका हुन्।

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नेता गौतम लगायतले खुलेर नेतृत्व तहले सभामुख टुंगो लगाउन नसके केन्द्रीय कमिटी बैठकबाटै निर्णय गराउनु पर्ने मत राखेपछि ओली आफ्नो अडानबाट पछि हटेका हुन्।

स्रोतका अनुसार दाहालले पनि पार्टी एकताका बेला भएको सहमति अनुसार सभामुख आफूले पाएमा ओलीको चाहना अनुसार अमेरिकन मिलिनियम च्यालेञ्ज कर्पोरेशन एमीसी सम्झौता सम्बन्धी विधेयक संसदबाट पारित गराउन सहयोग गर्ने प्रतिवद्धता ओलीसमक्ष जनाएका छन्।

यसअघि दाहाल एमसीसी विधेयक संसदबाट पारित गर्न नहुने पक्षमा उभिएका थिए। एमसीसी संसदबाट पारित गराउनका लागि भएपनि ओली आफ्ना बफादारलाई सभामुख बनाउनु पर्ने अडानमा थिए।

नेकपाभित्र भीम रावल, देव गुरुङ लगायत दर्जनौँ पूर्व एमाले र माओवादीका नेताहरुले विद्यमान अवस्थामा एमसीसी विधेयक संसदबाट पारित गर्न नहुने पक्षमा छन्।

अमेरिकी सन्यै रणनीतिभित्र राखिएका एमसीसी लागू गर्दा नेपालका राष्ट्रियतामाथि घात हुने उनीहरुको तर्क छ ।

तर दाहाल भने सभामुखका लागि एमसीसीमा लिँदै आएको अडानबाट पछि हट्न तयार भएका हुन्।

बलात्कारको अभियोग लागेपछि पूर्व माओवादी पृष्ठभूमिका कृष्ण बहादुर महराले गत असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए।

त्यसपछि ओली र दाहालले सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने विषयलाई लिएर पटकपटक छलफल गरेपनि उनीहरु निष्कर्षमा पुग्न सकेका थिएनन्।

यो बीचमा शिवमाया तुम्हाङफेलाई उपसभामुख पदबाट राजीनामा दिन ओली र दाहालले दिएको निर्देशन उनले ठाडै अस्वीकार गरेकी थिइन्।