ओली-नेपाल फेरि गोप्य वार्तामा, खुमलटारबाट बालुवाटार हान्निए नेपाल - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

ओली-नेपाल फेरि गोप्य वार्तामा, खुमलटारबाट बालुवाटार हान्निए नेपाल



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपाल शुक्रबार दिउसो एक्कासी बालुवाटार पुगेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएरै नेता नेपाल बालुवाटार पुगेको स्रोतले जनाएको छ ।

उनीहरूबीच केहि समय अगाडिदेखि नै भेटवार्ता भैरहेको बताइएको छ। एकाबिहानै प्रचण्डनिवास खुमलटार पुगेर छलफल गरेका नेता नेपाल एकाएक बालुवाटार हान्निएका हुन् ।

प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा बुधबार पनि नेता नेपाल पुगेका थिए । बुधबार करिव ३ घण्टा उनीहरू बीच छलफल भएको थियो ।

यसअघि शुक्रबार नै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा नेकपाका चार नेताबीच गरेको भेटवार्तामा नेपाल पनि सहभागी थिए ।

उक्त बैठकपछि नेता नेपाल अर्का अध्यक्ष ओलीसँग भेटवार्ताका लागि गएका हुन् ।

केहिदिन यता नेकपामा राष्ट्रिय सभाको एउटा पदले तनावको स्थिति सृजना गरेको छ ।