ओली सरकार नेपाली जनतालाई नै घाँडो भो। - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

ओली सरकार नेपाली जनतालाई नै घाँडो भो।



कर्ण बहादुर अधिकारी 

नयाँ आर्थिक वर्षको सुरुवाती सँगै नेपाली जनताको ढाड नै सेकिने गरी ट्याक्समा अचानक वृद्धि भई रहँदा सरकार खुसीले गदगद छ भने जनता पानीमा रुझेको मुसो सरह हुँदै छ।

२०७४ सालको प्रतिनिधि र प्रदेश सभाको चुनावमा बाम गठबन्धनको चुनावी नारा,एजेन्डा साथै घोषणा पत्रमा लेखिएका कुराहरू कम्युनिस्ट सरकारले एका तिर थन्काएका छन् भने अर्को तर्फ चरम रूपमा नियम सङ्गत तवरबाट नेपाली जनता माथि आर्थिक शोषण गर्दै छन्।

नेपालमा विदेशबाट आयतित बस्तु होस वा देशकै भूगोलमा उत्पादन भएका बस्तु नै किन नहोस् सबै चिजको अब चरम मूल्य वृद्धि हुनेछ।गरिब तथा असह्य जनताको लागि यसरी मूल्य वृद्धि हुनु दु:खद कुरा हो।देशको अर्थतन्त्र कमजोर भयो भन्दैमा नेपाली जनता माथि यसरी करको नामबाट भार थोपर्नु गलत हो।इन्टरनेटमा १३ % वृद्धि भए सँगै सवारी साधन लगायत भन्सार ट्याक्समा वृद्धि भएको छ।वार्षिक ७ लाख भन्दा बढी आम्दानी गर्ने नेपाली नागरिकलाई ३६ % ट्याक्स लाग्ने भएको छ।त्यसै गरी उद्योग सञ्चालन गर्नेहरूलाई पनि त्यसरी नै चेपुवामा पार्ने कार्य हुँदै छ।

सायद कम्युनिस्ट सरकारको देशलाई संवृद्धि तर्फ लैजाने यो नै उपयुक्त मार्ग होला।जनता नै जनार्दन हुन र जनताको हरेक सुख दु:खमा साथ दिन्छु भन्दै गरिब तथा असह्य जनताको मन जित्न सफल कम्युनिस्टहरूको वर्तमान अवस्थाले नयाँ अध्यायको सुरुवाती गरी दिएको छ।चुनाव ताका वृद्ध भत्ता,सर्टिफिकेट राखेर बैकबाट लोन,जागिरको अवसर,रेल र पानी जहाजको कुराले जनतालाई दिग्भ्रमित गराएको कम्युनिस्टहरूले आज देशमा परेको दैविक प्रकोप,भूकम्प पीडितलाई राहत तथा भएका सडक मार्गहरूको मर्मत सम्भार गर्न नसक्नु दुखद कुरा हो।राजधानीको हिलाम्य सडकले प्रधानमन्त्री निवास,सिंह दरबार र संसद् भवनलाई नै गिज्जाई रहेको अवस्थामा पानी जहाज र रेलका कुरा गरेर दिन काट्नु राम्रो होइन।

उपत्यका बासीले पिउने पानीमा कोलिफर्मको मात्रा प्रचुर रूपमा भेटिदा सरकार मौन रहनु ब्यापारीहरूलाई कानुनी दायरामा ल्याउनुको साटोमा प्रधान मन्त्री निवास र राष्ट्रपति निवासमा भने स्वच्छ पानी अर्थात् नेपालकै सबै भन्दा महङ्गो रसुवामा बनेको पानी प्रयोग हुनु साथै जनताको स्वास्थ्यका विषयमा गम्भीर नहुनु पनि दुखद पक्ष नै हो।

नेपालका मेडिकल माफियाहरूको पक्षमा स्वास्थ्य क्षेत्रमा बन्न लागेको नयाँ बिध्येकले पनि नेपालको राजनीति माहौल सर्मी गर्मी भएको छ।डा.गोविन्द केसी १५ औँ पटक विकट जिल्ला जुम्लामा मेडिकल माफियाको विरुद्धमा आमरण अनसनमा छन्।सरकारले डा.केसीको मागलाई सम्बोधन गर्नुको साटोमा केसीको ज्यान नै तल माथि होस भन्ने किसिमका अभिव्यक्ति सरकारमा रहेका पार्टीका सांसदहरूले बोली रहेका छन्।सरकार दुई तिहाइको दम्भ देखाउँदै छ।काँग्रेस केसीको पक्षमा उभिएको छ।सरकार डा. केसीका मागलाई पन्छाउने रणनीतिमा लागि परेको छ।भ्रष्ट्राचारीहरूको बिगबिगीले आकाश चुलिँदै छ।

घुस खोरलाई सरकारले नियन्त्रणमा लिन सकेको छैन।सुन काण्डका ठुला माछा गोरे नै हो भन्दै अनुसन्धानलाई नै रोक्ने जमर्को गर्दै छन्।एनसेल प्रकरणमा अर्बौको भ्रष्ट्राचार गरेको व्यक्तिको नाम किटानी सहित पूर्व प्रम बाबुराम भट्टराईले सारा जनताका माझ भनी रहँदा कार्बाहिको दायरामा ल्याउने आँट कसैमा छैन।भ्रष्ट्राचार गरेको अभियोगमा कोरियाका राष्ट्रपति जेल जान्छन्।पाकिस्तानका प्रधानमन्त्री चुनाव लड्नै नपाउने भएका छन् भने हाम्रो देशमा भने यस्ता भ्रष्ट्राचारीलाई नै सरकारको बागडोर सम्हाल्न दिए पछि हाम्रो देश उँभो गतिमा लाग्नु भन्दा उधो गति तिर लागि रहेको छ।

आखिर नेपाली जनताले आजको यही दिन देख्न र यही स्थिति भोग्नका लागि बाम गठबन्धनलाई मतदान गरेका थिए।काँग्रेसलाई जनता मारा हो भन्नेहरू आज कम्युनिस्ट सरकारको पालामा चरम मूल्य वृद्धि देखि करमा वृद्धि हुँदा यो समयको माग हो भन्दै मौन बसी रहेका छन्।

काँग्रेस सरकारले २ रुपैयाँ मूल्य वृद्धि गर्दा सडक पेटीका रेलिङ भाँच्ने कम्युनिस्टहरू आज कम्युनिस्ट सरकारले हरेक कुरामा वृद्धि गरी रहँदा ताली बजाउन व्यस्त छन्।