ओलीले गरे सरकारको कदमको स्वागत - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

ओलीले गरे सरकारको कदमको स्वागत



काठमाडौं- प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको कदमको स्वागत गरेका छन् ।

सरकारले ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने सरकारको निर्णयको नेकपा एमालेका अध्यक्ष ओलीले स्वागत गरेका छन् ।

बिहीबार विदेशी सञ्चार माध्यमका पत्रकारहरुसँगको अन्तर्क्रियामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनका लागि ४ मंसिरको मिति स्वभाविक र अपेक्षित रहेको भन्दै सरकारको स्वागत गरेका थिए ।

उनले चुनाव निष्पक्ष हुनुपर्ने पनि बताएका छन् ।