उपाध्यक्षमा पनि ओलीकै प्यानल विजयी - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

उपाध्यक्षमा पनि ओलीकै प्यानल विजयी



काठमाडौं- नेकपा एमालेको उपाध्यक्षमा घनश्याम भुसाल पराजित भएका छन् । उनले जम्मा ७३५ मतका साथ पराजित भएका हुन् ।

यस्तै अष्टलक्ष्मी शाक्य १९७६ मत ल्याएर विजयी भएकी छन् । उनले उपाध्यक्षमा भएको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएकी हुन् ।

यस्तै सुरेन्द्र पाण्डेले १९३५ मत, रामबहादुर थापा बादलले १७६८, विष्णु पौडेलले १८५८ मत, युवराज ज्ञवालीले १८४३ मत र सुवास नेम्वाङले १८५५ मत ल्याएका छन् । निर्वाचन आयोगले उनीहरु निर्वाचित भएको घोषणा केहीबेरमा गर्नेछ। उपाध्यक्षमा विजयी भएकाहरु सबै केपी ओलीले बन्दसत्रमा पेश गरेका नामहरू हुन् ।

यसैगरी अध्यक्षमा केपी ओली विजयी भएका छन् भने वरिष्ठ उपाध्यक्षमा यसअघि नै ईश्वर पोखरेल सर्वसम्मत भइसकेका छन् ।